रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले पार्टीको जिल्ला कार्य सम्पादन समितिमा हेरफेर गरेको छ । पार्टी जिल्ला सभापति पूर्णवहादुर तामाङको अध्यक्षतामा आईतबार बसेको जिल्ला कार्य समितिको बैठकले उक्त समितिमा हेरफेर गरेको हो । यसअघी २०७८ चैत्रमा कार्यसम्पादन समिति गठन गरिएको थियो ।


जिल्ला कार्यसमितिका प्रबक्ता कुमार श्रेष्ठका अनुसार कार्यसम्पादन समितिमा जिल्ला सभापति पूर्णवहादुर तामाङ (कान्छाराम), उप सभापति लेखवहादुर कार्की र नबराज थोकर , सचिव विनोद कार्की दिपक खड्का, सह सचिव कमल योञ्जन र ध्रुव चौलागाई, कोषाध्यक्ष लबवहादुर थापामगर, पूर्व जिल्ला सभापति लबश्री न्यौपाने र प्रबक्ता कुमार श्रेष्ठ रहेका छन् ।


त्यसैगरी जिल्ला समन्वय समितिका सभापति चिना खड्का, जिल्ला कार्य समिति सदस्यहरु कमान खड्का ( दिपेन्द्र ) हिमाल ढुंगेल, ढाकल थापा, नबराज घिमिरे, कमलप्रकाश सुनुवार, विवेक लामा तामाङ, जितवहादुर कटुवाल, रामविलास महतो, साङमाला तामाङ र केशरवहादुर मगर कार्यसम्पादन समितिमा रहने निर्णय गरेको छ ।


जिल्ला समितिले नेपाली काँग्रेसको क्रियाशिल सदस्यता फाराम भरेर फागुन मसान्त सम्म जिल्ला समितिमा अनिबार्य रुपमा पठाउन, विधान बमोजिम गर्नुपर्ने पार्टीको वडा , पालिका र प्रदेश स्तरका सम्मेलन २०८१ चैत मसान्त सम्म गर्न र चैत ५ गते हुने स्ववियु निर्वाचन परिचालनका लागि कमान खड्का ( दिपेन्द्र ) को संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने समेत निर्णय गरेको प्रबक्त कुमार श्रेष्ठले जारी गरेको विग्यक्तिमा जनाएको छ ।