रामेछाप । मन्थलीमा जारी प्रथम तिनलाल स्मृति कप पुरुष भलिबल प्रतियोगितामा नेबिसंघ र देउराली टिम फाईनलमा प्रवेश गरेका छन् ।


सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल विद्यार्थी संघ रामेछापको टिमले न्यू स्टर क्लव कुनौरीलाई हराएको थियो । त्यसैगरी देउराली टिमले भटौलीलाई हराएर फाईनलको यात्रा तय गरेका हुन् ।


अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन रामेछापले आयोजना गरेको उक्त प्रतियोगिताको फाईनल खेल सोमबार अपरान्ह हुने जनाइएको छ । प्रतियोगितामा विजेता टिमले ५० हजार नगद र शिल्ड, मेडल तथा प्रमाण पत्र तथा द्धितिय हुने टिमले ३० हजार नगद शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाईनल पुगेर पराजित भएका दुई टिमले दश दश हजार नगद पुरस्कार पाउने अनेरास्ववियु रामेछापले जनाएको छ ।