+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

तेश्रो नगरकपको उपाधि चिसापानीलाई

9 महीना पहिले प्रकाशित

रामेछाप । मन्थलीमा जारी तेश्रो नगर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाको वडा नम्बर ८ चिसापानीले जितेको छ ।


बुधबार विहान भएको अन्तिम प्रतिस्पर्धामा वडा नम्बर ८ चिसापानीले वडा नम्बर १० चनखुलाई सोझो सेटमा पराजित गर्दै उपाधिको रक्षा गरेको हो । चिसापानीले चनखुलाई २५–१९,२५–९ र २५–१२ ले हराएको थियो ।


मन्थली नगरपालिकाका १४ वटा वडाका १४ टिमले भाग लिएको उक्त प्रतियोगितामा वडा नम्बर ७ भटौलीले तेश्रो स्थान प्राप्त गरेको छ । भटौलीले वडा नम्बर १४ फुलासीलाई हराएको थियो ।


त्यसैगरी मन्थलीमा जारी प्रथम महिला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ भटौलीले कव्जा गरेको छ । भटौलीले वडा नम्बर १३ को टिमलाई पराजित गर्दै प्रथम स्थान ओगटेको हो ।


प्रतियोगिताको पुरुष भलिबलमा प्रथम स्थान प्राप्त गर्नेले १ लाख, द्धितिय हुनेले ७५ हजार र तृतिय हुनेले ३० हजार नगद पुरस्कारका साथै शिल्ड,पदक र प्रमाण पत्र प्राप्त गरेका छन् । महिला प्रतिस्पर्धाको प्रथम स्थान हासिल गर्ने वडा नम्बर ७ भटौलीको टिमले ५० हजार र द्धितिय हुने फुलासीको टिमले ३० हजार नगद सहित शिल्ड, पदक र प्रमाण पत्र प्राप्त गरेका छन् ।


तीन दिन सम्म संचालन भएको उक्त प्रतियोगिताका विजयी टिम तथा खेलाडिहरुलाई मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ र उप प्रमुख ईश्वरी वस्नेत , प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटा लगाएतले शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले