रामेछाप । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गिरीजाप्रसाद कोइराला फाउण्डेस रामेछापले बुधबार मन्थली स्थित विपी कोइरालाको सालिकमा माल्यार्पण गरेको छ ।
फाउण्डेसका अध्यक्ष तथा नेपाली काँग्रेस रामेछापका सचिव दिपक खड्काले बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सचिव खड्काले आगामी महाधिवेशनमा आफ्नो जिल्ला अध्यक्षतामा उम्मेदवारी हुने घोषणा समेत गरेका थिए ।
