अखिलको आयोजनामा तीनलाल स्मृति कप भलिबल प्रतियोगिता हुने
9 महीना पहिले प्रकाशित
रामेछाप । रामेछापको मन्थलीमा तीनलाल स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिता फागुन ९ देखि १२ गते सम्म मन्थलीमा संचालन हुनेछ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रामेछापको आयोजनामा हुने उक्त प्रतियोगितामा बीस बर्ष भन्दा कम उमेरका खेलाडिहरुले भाग लिनेछन् । प्रतियोगितामा विभिन्न जिल्लाका २० भन्दा बढी टिमको सहभागिता हुने दावि आयोजकको छ ।
सोमबार युनियनले पत्रकार भेटघाट गरी प्रतियोगिताको तयारीको बारेमा जानकारी दिएको छ । युनियनका अध्यक्ष पुष्कर भट्टराईका अनुसार प्रतियोगिताको अखिलका केन्द्रीय अध्यक्ष समिक बढालले उद्घाटन गर्नेछन् । उक्त कार्यक्रममा एमालेका बागमति प्रदेशका अध्यक्ष कैलाशप्रसाद ढुंगेलले संवोधन गर्ने कार्यक्रम रहेको उनले वताए ।
प्रतियोगितामा विजयी हुने टिमले नगद ५० हजार, द्धितिय हुने टिमले ३० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाईनलमा पुगेर पराजित हुने टिमलाई दश दश हजारका दरले पुरस्कार दिईने तयारी रहेको छ । प्रतियोगिता अवधि भर करिव २ सय खेलाडिले सहभागिता जनाउने र उक्त खेल विभिन्न माध्यमबाट करिव १ लाखले अवलोकन गर्ने अखिलले जनाएको छ ।
रामेछाप जिल्ला शहिद गंगागाल श्रेष्ठ, कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र मकैको खेति पुस्तक लेखेर साहित्यमा योगदान गरेका साहित्यिक सहिद कृष्णलाल अधिकारीको जिल्ला भएकोले उहाँहरुको योगदानको कदर गर्दै मुलुकभर सन्देश प्रवाह गर्न प्रतियोगिताको आयोजना गर्न लागेको भट्टराईले वताए । भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य सागरहरी अधिकारीले समेत प्रतियोगिता संचालनका बारेमा प्रकाश पारेका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
