रामेछाप । रामेछाप जिल्लामा विगत लामो समय देखि विभिन्न पार्टीको गाउँ देखि केन्द्र सम्मका समितिमा बसेर कार्य गर्दै आएका सयौं नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।
नब प्रबेशीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरवबहादुर देउवाले स्वागत गरेका छन् । दुई दिन अघी काठमाडौको बुढानिलकण्ठ स्थित सभापति देउवा निवासमा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी सदस्यता दिएर स्वागत गरीएको थियो ।
नेपाली काँग्रेस रामेछापका सभापति तथा उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम ) का अनुसार नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुमा जनता समाजवादी नेपालका केन्द्रीय सदस्य अमृत सुुनुवार , मनप्रसाद सुनुवार, लुकमाया सुनुवार र राप्रपाका जिल्ला उपाध्यक्ष दशराम सुनुवार, जनता समाजवादीका रामेछाप जिल्ला समितिका सचिव प्रसाद सुनुवार लगाएतका करिव १ सय नेता तथा कार्यकर्ता रहेका छन् ।
जिल्ला सभापति तामाङले नेपाली काँग्रेसको सिद्धान्त र आफ्नो नेतृत्वमा संचालन भएका पार्टी गतिविधि तथा विकास निर्माणमा देखिएका आशा र भरोशाका कारण अन्य दलका नेता तथा कार्यकर्ताहरु आउने क्रम जारी रहेको वताएका छन् । नव प्रवेशी मध्येका अमृत सुनुवारले विकासको लागि रामेछापमा नेपाली काँग्रेसका जिल्ला सभापति तथा राज्यमन्त्री तामाङले उल्लेख्य कार्य गरेको वताएका थिए । प्रवेशीहरु प्राय सवै रामेछापको पूर्वि उत्तरी क्षेत्रमा हुन् । उनीहरुको प्रवेशले उमाकुण्ड र गोकुलगंगामा नेपाली काँग्रेसको संगठन थप सुढृढीकरण बनेको पार्टीले जनाएको छ ।
