रामेछाप । मन्थली नगरपालिकाद्धारा आयोजित तेश्रो नगरकप पुरुष भलिबल प्रतियोगिता शनिबार देखि मन्थलीमा शुरु भएको छ । प्रतियोगिताको बागमति प्रदेशसभाको उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।
नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीको अध्यक्षतामा शनिबार शुरु भएको उक्त प्रतियोगितामा नगरपालिका भित्रका १४ वटै वडाका टिमले प्रतिस्पर्धा गर्र्दैछन् । मन्थली नगरपालिकाले यो बर्ष देखि महिला रनिंङ शिल्ड भलिबल प्रतियोगिता समेत सगसगैं सुरु गरेको छ । प्रथम महिला रनिङ शिल्ड प्रतियोगिताका नगरका विभिन्न ७ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने पुरुष भलिबल टिमले १ लाख र महिला टिमले ५० हजार नगद पुरस्कार सहित शिल्ड, पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । कार्यक्रममा नगर प्रमुख लब श्रेष्ठ लगाएतले खेल क्षेत्रको विकासमा नगरपालिकाले उल्लेख्य रुपमा काम गर्दै आएको जनाएका थिए ।
