रामेछाप । नेकपा माओवादी केन्द्र मन्थली नगर समितिको दोश्रो अधिवेशनबाट निर्बाचित नगर सदस्यहरुले भक्तवहादुर बलम्पाकीको अध्यक्षतामा ७ सदस्यीय पदाधिकारीको निर्बिरोध चयन गरेको छ ।
समितिको शनिबार मन्थलीमा भएको बैठकले समितिको उपाध्यक्षमा राजेन्द्रवहादुर कार्की, नारायण दाश श्रेष्ठ र गंगालाल गोले , सचिवमा रामवहादुर तामाङ, सहसचिवमा गणेश माझी र कोषाध्यक्षमा हिरा गिरी रहेका छन् । गत माघ २१ गते भएको नगर अधिवेशनले अन्य सदस्यहरुको समेत निर्बिरोध चयन गरीसकेको थियो । अधिवेशनको पूर्व गृहराज्यमन्त्री तथा रामेछाप जिल्ला ईन्चार्ज श्यामकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
