रामेछाप । मन्थली नमुना वडा बाल समूह सञ्जाल मन्थली १ को आयोजनामा संचालित बडा स्तरिय ब्याडमिन्टन प्रतियोगिता शनिबार मन्थलीमा सम्पन्न भएको छ ।
मन्थली नगरपालिका १ नम्बर वडा कार्यालय र सानीमदौ सामुदायिक सिकाई केन्द्रको सहयोगमा संचालित उक्त प्रतियोगितामा विजयी खेलाडिहरुलाई वडाअध्यक्ष होमप्रसाद पौडेल र जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भिमसेन लामाले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।
