+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

देशमा देखापरेको निराशा र संकट टार्न सरकार क्रियाशिल छ ः डाक्टर भट्टराई

10 महीना पहिले प्रकाशित

रामेछाप । नेकपा एमाले स्थायी समिति सदस्य तथा बागमति प्रदेशका ईन्चार्ज डाक्टर राजन भट्टराईले अस्थिर राजनीतिले उत्पन्न गरेको निराशा र संकट टार्न सरकार सक्षम र कृयाशिल रहेको वताएका छन् ।


प्रेस चौतारी नेपाल रामेछापले बिहिबार मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डाक्टर भट्टराईले भने – ‘हामी देशमा उत्पन्न अस्थित राजनीतिक अवस्थाका कारण नागरिकमा देखापरेको निराशा र त्यसले निम्त्याएको संकट टार्नका लागि आएका हौं । यो सरकार वनेपछि देशमा शासकिय र आर्थिक अवस्थामा सुधारका संकेतहरु देखापरेका छन् डाक्टर भट्टराईले भने – नागरिकले खोजेको जतिनै उपलव्धि हासिल नभैसकेको भएपनि सरकारले ७ महिनाको अवधिमा उल्लेख्य काम गरेको छ । ‘सरकारले केहि गर्न सकेन भन्ने कुरामा खेलेर सरकार परिवर्तनको कुरा उचालिएको हो भट्टराईले भने – त्यसमा कुनै दम छैन्, यो सरकार २०८४ सम्मै जान्छ । सरकारमा रहेका दुई प्रमुख पार्टीहरु विचको सम्बन्ध सुदृढ बनेको पनि उनले वताए ।


नेपाली काँग्रेस र एमाले देशका प्रमुख शक्ति हुन् र यिनैले बिभिन्न निरन्कुशता सँग लडेर यो व्यवस्था ल्याएको भन्दै उनले संविधानले दिएको नागरिक अधिकारको रक्षा गर्नुपनि यीनै दलको प्रमुख दायित्व रहेको वताए । हामीले गर्नुपर्ने शासकिय सुधार हो, त्यसका लागि धेरै काम गर्नुपर्नेछ उनले भने ।


सरकार वन्ने वित्तिकै संविधान संशोधन हुने कुरा असान्दर्भिक रहेको भन्दै डाक्टर भट्टराईले संविधान संशोधनको विषयमा दुई प्रमुख पार्टीहरुका विचमा विभिन्न विषयमा छलफल जारी रहेको समेत वताए । संविधान संशोधनमा समावेश हुनुपर्ने मुद्धाहरुमा एक भन्दा बढी पार्टीहरुका विचमा सहमति आवश्यक पर्ने भएकाले त्यसका बारेमा छलफल चलिरहेको उनले वताए । संविधान संशोधनको कार्य चाडो हुने विषय नभएकोले हामीले संशोधनको विषयालाई छोडेको नभै प्रयाप्त गृहकार्यमा रहेको अवस्था छ ।


डाक्टर भट्टराईले अव देशमा अस्थिरताको खेति नफष्टाउने वताए । आउदो निर्वाचनमा स्पष्ट बहुमत नआएपनि देशको ठुलो पार्टीले सरकारको नेतृत्व गर्ने व्यवस्था बाट अघी बढ्ने तयारीमा छौं भट्टराईले भने – त्यसो भएमा नागरिक तहमा निराशा जगाएर खेल्नेहरुले कुनै मौका पाउदैनन्, मुलुकमा कुनै अस्थिरता हुनेछैन् ।


पत्रकारहरुको प्रश्नमा पाथिभरा केवलकार निर्माण गर्दैमा त्याहाको सभ्यता मासिने कुरा गलत भएको वताए । उनले त्याँहा केवलकारको विषयलाई मुद्धा वनाउदा जनताालाई विभाजन गर्न चाहने तत्वले काम गरेको र राज्यले त्यसलाई नियालिरहेको वताए । केवलकार निर्माणमा देखिएको गतिरोधको समाधान वार्ताबाटै गर्नुपर्ने धारणा एमालेको रुहेको समेत उनले वताए ।


नेकपा एमालेका विरुद्ध फैलाइएको भ्रम चिर्नका लागि एमालेले देशव्यापी रुपमा संगठन सुदृढिकरण गर्दै पार्टीका कुरा तल्लो तह सम्म पु¥याउने काम गरीरहेको उनले वताए । भट्टराई बिहिबार हुने रामेछाप जिल्ला भेलाका लागि आएका हुन् । कार्यक्रममा नेकपा एमाले बागमति प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेल, एमाले केन्द्रीय सदस्य तथा संगठन विभागका सचिव माधवप्रसाद ढुङ्गेल र जिल्ला अध्यक्ष पुरुषोत्तम कडरीया लगाएतको सहभागिता रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले