रामेछाप । रामेछापमा एकै पटक ठुलो संख्याका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने अभियान शुरु भएको छ । पहिलाे चरणमा मंगलबार देखि मन्थली नगरपालिका,उमाकुण्ड गाउँपालिका,गोकुलगंगा गाउँपालिका,खाँडादेवी गाउँपालिका,दोरम्बा शैलुङ गाउँपालिका र सुनापती गाउँपालिकामा खोप अभियान सुरु भएको हो ।माघ ३० गते सम्म किशोरीहरुलाई उक्त खोप लगाउने कार्यतालिका रहेको जनस्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
उक्त कार्यालयका प्रमुख जितेन्द्र साहका अनुसार जिल्लामा कुल ७ हजार ६८ जना किशोरीहरुलाई एचपीभि खोप दिन लागिएको हो । उक्त खोप विद्यालयमा जाने कक्षा ६ देखि १० कक्षा सम्म अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० देखि १४ बर्षका किशोरीहरुलाई दिईने तयारी छ । पहिलाे दिनकाे खाेप कार्यक्रममा उल्लेख्य सहभागिता रहेको जनस्वास्थ्य कार्यालयले जनाएको ५ ।
