मुलुकलाई माओवादी केन्द्रले मात्र निकाश दिन्छ ः श्रेष्ठ
10 महीना पहिले प्रकाशित
रामेछाप । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज श्यामकुमार श्रेष्ठले मुलुकको निकाश दिनका लागि माओवादी केन्द्रलाई स्पष्ट बहुमत आवश्यक रहेको वताएका छन् ।
मुलुक अस्तव्यस्त अवस्थामा रहेको, नागरिकहरुमा जताजतै निराशा छाएको र माओवादीले अघी सारेका नाराहरु व्यवहारमा कार्यान्वयनमा नआएको यो बेलामा माओवादी केन्द्र फेरी देशकाका लागि आवश्यक रहेको श्रेष्ठले वताए । हामीले अघी सारेको सासकिय व्यवस्था र निर्वाचन प्रणालीमा सुधार गर्दै पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी भए मात्र देशमा दिगो सरकार निर्माण हुने भएकाले त्यसका लागि आउदो निर्वाचनमा माओवादी लाई सरकारमा लैजानु पर्ने कुरालाई नागरिक तहमा पु¥याउनु पर्ने श्रेष्ठले वताए ।
नेकपा माओवादी केन्द्र मन्थली नगर समितिको दोश्रो नगर अधिवेशनको सोमबार मन्थलीमा उद्घाटन गर्दै श्रेष्ठले माओवादीले चामललाई चामल भनेर विकाउन नसकेको वताए । श्रेष्ठले भने – पिठो वालाले आफुलाई चामल भनेर विकाईरहेका छन्, श्रेष्ठले भने तर हामी चामल वाला पिठो बनेर बसेका छौं । शान्तिपूर्ण राजनीतिक व्यवस्थामा माओवादी पार्टीलाई ल्याएको भनेर अरु संसदवादी दलहरुले गरेको दावि असत्य भएको श्रेष्ठले वताए । ‘हामीले अघी सारेको गोलमेच सम्मेलन, सविधानसभा र गणतान्त्रिक व्यवस्थामा अरु समावेश भएकाले हामीलेनै उनीहरुलाई यो व्यवस्थामा ल्याएका हौं’ श्रेष्ठले भने ।
श्रेष्ठले बर्तमान सरकारमा रहेका २ वटा दलले गरेको ७ बुँदे सहमति बाट मुलुकको निकास हुन नसक्ने वताए । भ्रष्टाचारीहरुलाई संरक्षण गरेको, प्रधानमन्त्री जता पुगेपनि मुर्दाबादको नारा लागेको र नागरीक तहमा सरकार रहेको अनुभुति समेत नभएकाले जताततै निराशा छाएको छ । निराशालाई आशामा परिवर्तन गर्न र शासकिय व्यवस्थामा आमुल परिवर्तनका लागि पनि माओवादी एक पटक स्पष्ट बहुमत सहित सरकारमा पुग्नुपर्ने उनले वताए । मुलुकबाट युवाहरु पलायन हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । श्रेष्ठले दिगो विकासका लागि दिगो सरकार आवश्यक रहेकोमा जोड दिए ।
नेकपा माओवादी केन्द्र मन्थली नगर समितिका अध्यक्ष दिपक प्रसाईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संविधानसभा सदस्य तथा तामाङ मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ र माओवादी केन्द्र रामेछाप जिल्ला समितिका सचिव प्रेम कार्की समेतले माओवादीले अघी सारेको नारा कार्यान्वयन गर्न बाँकी रहेकोले पनि माओवादीलाई एक पटक नेतृत्वमा पु¥याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा शहिद परिवारहरुलाई केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज श्यामकुमार श्रेष्ठले सम्मान गरेका थिए । कार्यक्रममा कलाकारहरुले सांगितिक कार्यक्रम समेत प्रश्तुत गरेका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
