रामेछाप । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दर्शन र दृष्टिकोण नभएकाले समाज परिवर्तन गर्न नसक्ने वताएका छन् । ‘अहिले समाजमा देखा परेका नयाँ हौं भन्नेको न दर्शन छ, न दृष्टिकोण’ ज्ञवालीले भने – त्यस्ताबाट समाज रुपान्तरण सम्भव छैन् ।


नेकपा रामेछापको आयोजनामा मन्थलीमा भइरहेको ३ दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आईतबार बोल्दै उपमहासचिव ज्ञवालीले नेपालमा राजनीतिक परिवर्तन सकिएकाले अव आर्थिक क्रान्तिको आवश्यकता रहेको वताए । ‘ हामीले राजनीतिक रुपमा समाज रुपान्तरण गरीसकेका छौं अव आर्थिक रुपमान्तरणका लागि काम गर्नुपर्नेछ’ ज्ञवालीले भने । अव नयाँ सोच र विचारबाट मुलुकलाई सम्बृद्धि तिर लैजानु जरुरी रहेको उनले वताए ।


एमालेका अनुसार प्रशिक्षण कार्यक्रममा जिल्लाका झण्डै ८० जना अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । कार्र्यक्रमको उद्घाटन एमाले नेता युवराज ज्ञवालीले गरेका थिए ।