रामेछाप । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ रामेछापको चौथो जिल्ला अधिवेशनबाट मन्थलीकी शान्ता न्यौपाने सुवेदीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिति निर्बिरोध निर्बाचित भएको छ ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनले उक्त समितिको उपाध्यक्षमा दोरम्बा शैलुंगकी मुना कँडेल, सचिवमा रामेछाप नगरपालिकाकी लक्ष्मी तामाग, सह सचिवमा गोकुलगंगाकी अनिता कार्की फुँयाल र कोषाध्यक्षमा सुनापतिकी कमला लामा रहेका छन् ।
जिल्ला अधिवेशनको उद्घाटन अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुका हमालले गरेकी थिईन् ।
