रामेछाप । मन्थली नगरपालिका १ का वडा अध्यक्ष होमप्रसाद पौडेल ( रामहरी) ले सरुवा लगाएतका विषयमा कुनैपनि शिक्षक माथि हुने थिचोमिचो सह्य नहुने वताएका छन् । सरुवा होस अन्य कुरामा शिक्षक संघ भएकै कारण कोहि शिक्षक माथि भेदभाव भए आफुहरु चुप लागेर नवस्ने उनले चेतावनी समेत दिएका छन् ।
शिक्षक संघ भए वापत कुनै शिक्षकले दुख्ख पाएमा हामी वडा अध्यक्ष कुनैपनि मूल्य चुकाउन तयार छौं । शिक्षक संघ भन्न कुनैपनि शिक्षकले लुकिलुकी हिड्नु पर्दैन् । नेपाल शिक्षक संघ मन्थली नगर समितिको पाचौं स्थानीय प्रतिनिधि सभा तथा सम्मान कार्यक्रममा शनिबार बोल्दै वडाअध्यक्ष पौडेलले शिक्षक संघ भएकै कारण कुनै पनि शिक्षकले डर र भय पाल्नु नहुने वताए । ‘तपाईहरु खुल्लमखुल्ला जयनेपाल भनेर हिड्नुस’ पौडेलले भने – त्यसको जिम्मेवारी हामी लिन्छौें । हाम्रो मूख्य लक्ष्य भनेको शिक्षाको सुधार हो । शिक्षामा गुणस्तरका लागि हामी कसैसंग संझौता गर्दैनौं ।
नेपाल शिक्षक संघ नगर शिक्षा समितिका अध्इक्ष भिमवहादुर नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल शिक्षक संघ बागमति प्रदेशका बरिष्ट उपाध्यक्ष टंकप्रसाद दाहालले शिक्षाको गुणस्तर सुधारमा सबै शिक्षकले अझ उर्जाशिल भएर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न वक्ताले शिक्षा क्षेत्रको सुधारको विषयमा आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा गत बर्षको एसईइ परिक्षामा उत्कृष्ट अंक सहित विद्यार्थी उत्र्तिण गराउन सफल १६ जना विषयगत शिक्षकहरुलाई सम्मान गरीएको थियो । सम्मानीत हुनेमा सामुदायिक र निजी विद्यालयका शिक्षकहरु रहेका थिए ।
