रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औं स्थापना दिवसको अवसरमा शनिबार मन्थलीको तामाकोशी अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ ।
संस्थाको युवा उप समितिको संयोजनमा भएको उक्त कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यमा नेपाल रेडक्रस जिल्ला शाखा रामेछापले प्राविधिक सहयोग पु¥याएको थियो । मन्थली बचतले आईतबार आफ्नो २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउदैछ ।
