रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य एवं संगठन विभागका सचिव माधव ढुङ्गेलले पार्टीका विरुद्ध सामाजिक संजाल र सानो झुण्डले गरेका दुष्प्रयासहरु सफल नहुने वताएका छन् । नेकपा एमाले माथि अहिले चौतर्फी घेरा हाल्ने काम भएको भन्दै उनले उक्त प्रयास सफल हुन नदिन कार्यकर्ताहरुले प्रतिवाद गर्नुपर्ने वताए ।


एमाले ५ लाख भन्दा बढी संगठित सदस्य भएको पार्टी भएकाले नेतृत्वका विरुद्ध हुने कुनैपनि आरोपको खण्डन गर्नु र त्यसको प्रतिवाद गर्नु कार्यकर्ताहरुको दायित्व भएको वताए । अहिले देश ठग र अर्को भाषण गर्नेहरुको हल्लाको पछि दौडिनेको भीड हेर्दा चकित हुनुपर्ने अवस्था रहेको छ ढुंगेलल भने ।


नेकपा एमालेले रामेछापको मन्थलीमा आयोजना गरेको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा शनिबार बोल्दै ढुंगेलले राजनीतिमा कुनै लगानी नभएका अपराधपूर्ण मानसिकताले ग्रस्त व्यक्ति राजनीतिक आवरणमा चर्का नारा दिएर अघी बढीरहेको भन्दै त्यस्ता व्यक्ति र समूह संग एमालेले प्रतिवाद गर्नुपर्ने औंल्याए ।