रामेछाप । मन्थली नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको उपाधि यसबर्ष पनि मन्थली माविले कव्जामा राखेको छ । प्रतियोगितामा समावेश खेलकुदमा सवैभन्दा बढी स्वर्ण सहित मन्थली माविले उपाधिमा कव्जा जमाएको हो । यस अघी पनि मन्थली माविले रनिङशिल्डको उपाधि पाउदै आएको थियो ।


मन्थली माविमा ३ दिन सम्म संचालन भएको उक्त प्रतियोगीतामा तामाकोशी अंगेजी विद्यालय दोश्रो र कर्कलादेवि बोर्डिङ स्कुलले तेश्रो भएका थिए । 
शुक्रबार मन्थली माविमा भएको प्रतियोगीता समापनका अवसरमा विजयी विद्यालय तथा खेलाडिहरुलाई मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, उप प्रमुख ईश्वरी वस्नेत, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले शिल्ड मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।