रामेछाप । मन्थली नगरपालिकाको सातौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता बुधबारबाट मन्थली माविको खेल मैदानमा सुरु भएको छ ।
नगरपालिका भित्रका २० वटा माध्यमिक विद्यालयले भाग लिएको उक्त प्रतियोगिताको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका छन् । प्रतियोगिता अन्तरगत ६६ पदकका लागि ६ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
नगर खेलकुद विकास समितिका अध्यक्ष गोपालबहादुर माझीको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको हो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले खेलकुदले नैतिकता, अनुशासन, सद्भाव सहितको क्षमता अभिवृद्धि गर्ने बताए । प्रतियोगिता शुरु हुनु अघी स्काउट टोलीले मार्चपास गरेका थिए । मार्चपासमा केब्स स्कुल मन्थली प्रथम, मन्थली मावि द्वितीय र तामाकोशी अङ्ग्रेजी विद्यालयले तृतिय स्थान हात पारेका थिए । प्रतियोगिता शुक्रबार सम्म संचालन हुनेछ ।
