रामेछाप । नेपाल विद्यार्थी संघ मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको सातो अधिवेशनले बिपुल रोकाको अध्यक्षतामा १७ सदस्यीय ईकाई समिति निर्बिरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा कर्ण श्रेष्ठ, शुशिल भट्टराई र मनिषा काफ्ले, सचिवमा छायाँ तामाङ, सहसचिवमा जिवन तामाङ र राकेश श्रेष्ठ कोषाध्यक्षमा दिक्षा महत रहेका छन् ।
यसैगरी समितिको सदस्यहरुमा नविन पौडेल, लक्ष्मी माझी, मनिल श्रेष्ठ, नमुना रोका, भावना केसी, ओमकिन गोले र अनिशा कार्की निर्बिरोध निर्वाचित भएको नेबि संघले जनाएको छ ।
विद्यार्थी नेता युवराज थापा मगरको अध्यक्षतामा भएको उक्त अधिवेशनमा नेपाली काँग्रेसका नेता डाक्टर सुमन कर्माचार्य, नेपाली काँग्रेसका जिल्ला सचिव दिपक खड्का नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष बिनोद बुढाथोकी र विद्यार्थी नेता विमल पौडेल लगाएतले विद्यार्थी राजनीतिमा नेपाल विद्यार्थी संघको भूमिका विषयमा प्रकाश पारेका थिए ।
