रामेछाप । अनेरास्ववियु रामेछापले मन्थलीमा आयोजना गरेको मिनीपोष्ट फुटबल प्रतियोगितामा एबिसी आकाशेले प्रथम स्थान हात पारेको छ । प्रतियोगितामा एटिसी सि मन्थली बजार ब्वाईज टिम सी दोश्रो स्थानमा चित्त वुझाएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले २० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र तथा द्धितिय हुने टिमले १० हजार नगद, शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको अनेरास्ववियुका अध्यक्ष पुस्कर भट्टराईले वताएका छन् । प्रतियोगितामा विभिन्न १६ वटा टिमले सहभागिता जनाएका थिए ।
