रामेछाप । लिखु तामाकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले शनिबार दोश्रो गाउँ सम्मेलन तथा खबरदारीसभाको आयोजना गरेको छ । पार्टीको लिखु तामाकोशी गाउँपालिकाले आयोजना गरेको उक्त सभामा नेकपा माओवादी केन्द्रका रामेछाप जिल्ला ईन्चार्ज, केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ ( कुशल ) ले बर्तमान सरकारले नागरिकहरुलाई सुशासन दिन नसकेको, भ्रष्टाचारीहरुलाई संरक्षण गरेको र आर्थिक सुचकहरुमा सुधार ल्याउन नसकेको भन्दै मुलुक अस्तव्यस्त तिर गएको वताए । श्रेष्ठले दुई ठुला पार्टीहरुको गठवन्धनले देशलाई अझ अन्धकार तिर धकेलेको भन्दै श्रेष्ठले वर्तमान सरकारले सत्तामा वस्ने औचित्य गुमाईसकेको बताए ।


लिखु तामाकोशी गाउँ कमिटिका अध्यक्ष शेरवहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संविधानसभाका सदस्य तथा बागमति प्रदेश सभाका सदस्य तारानारायण श्रेष्ठ र संविधानसभा सदस्य लक्ष्मि गुरुङले नागरिकको अधिकार पुनर्वाहलीका लागि माओवादी केन्द्र बाहेक अरु बाट सम्भव नभएको वताए । माओवादीले अघी सारेको संविधानसभा मार्फत निर्माण भएको संविधानको रक्षा र कार्यान्वयन गर्दै सोशित पिडित नागरिकलाई अधिकार सम्पन्न वनाउन पार्टी प्रतिवद्ध रहेको उनीहरुले वताएका थिए ।