मन्थली अस्पताललाई सुविधा सम्पन्न भवन
10 महीना पहिले प्रकाशित
रामेछाप । साना घरमा कोचाकोच विरामी राखेर उपचार गर्न बाध्य हुदै आएको रामेछापको मन्थली अस्पतालले आधुनिक र तत्कालिन आवश्यकता धान्ने भवन हस्तान्तरण गरी लिएको छ ।
भूकम्पबाट क्षतिग्रस्त सरकारी संरचनाहरुको पुननिर्माण गर्ने क्रममा केन्द्रीय आयोजना कार्यान्वयन ईकाई (भवन तथा आवास ) ले मन्थली अस्पतालको पुननिर्माण थालेको थियो । भारतीय सरकारको सहयोग १० करोड १३ निर्माण भएको उक्त भवनमा अत्यावश्यक उपकरण र शैया समेत उपलव्ध गराईएको छ । आयोजनाको तर्फबाट सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका आयोजना प्रमुख सुमन सालिकेले बुधबार उक्त भवन स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । त्यसअघी भवन निर्माणमा सम्लग्न गाल्वा लालशुभमेन्द्रो जेभीका निमित्त प्रोपाईटर सजन श्रेष्ठले सघन शहरी तथा भवन निर्माण आयोजनालाई उक्त भवन वुझाएका थिए ।
सुविधा सम्पन्न अस्पताल भवनको पुरा भएपछि अव नगर अस्पतालले सेवा विस्तारका साथै शैया क्षमता समेत वृद्धि गर्ने नगर प्रमुख लब श्रेष्ठले वताएका छन् । चालु आर्थिक बर्षको बजेट बक्तव्यमा बागमति प्रदेश सरकारले मन्थली लगाएतका केहि अस्पताललाई प्रदेश स्तरमा वृद्धि गर्ने घोषणा गरेको र पूर्वाधारका हिसावले सबल रहेकाले उक्त निर्णय कार्यान्वयन तर्फ अघी बढने प्रमुख श्रेष्ठले वताए ।
मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशवसिं धामीले मन्थली अस्पतालमा दैनिक सरदर १ सय ७५ जना विरामी स्वास्थ्य परिक्षण तथा उपचारका लागि आउने भएकाले ठाउँको अभाव झेल्नु परेको बेला भवन प्राप्ति पछि अव स्वास्थ्य सेवा प्रवाह गर्न सहज भएको वताए । अस्पतालमा ठाउँको अभावमा भाईरल तथा ज्वरोको प्रकोप भएका बेला विरामीलाई भुईमा सुताएर उपचार गर्दै आएको मन्थली अस्पतालले अव त्यस्तो दिन भोग्नु नपर्नेमा उनले जोड दिए ।
यसैविच मन्थली अस्पताललाई प्रदेश अस्पतालको रुपमा क्षमता विस्तार गर्न बागमति प्रदेश सरकारले पठाएका विज्ञ प्राविधिक सहितको टोलीले बिहिबार अस्पताल भवन, उपलव्ध पूर्वाधार , उपकरण र जनशक्तिको बारेमा अनुगमन गरेको छ । अनुगमनको प्रतिवेदन पछि अस्पतालको क्षमता विस्तारको निर्णय कार्यान्वयनमा आउने आशा स्थानीयमा छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
