काठमाडौ । नेकपा एमालेको सचिवालय बैठकले नेकपा एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने निर्णय गरेको छ । एमालेमा यस अघी उपाध्यक्ष रहीसकेका गौतम केहि दिन अघी देखि एमालेमा फर्कने वताउदै आएका थिए । उनी अभियानका नेता हुन् ।


       मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले पार्टीको विधान अधिवेशन आगामी २०८२ भदौ २०, २१ र २२ गते गर्ने पनि निर्णय गरेको छ । बैठकले पार्टीको गण्डकी, कर्णाली सम्पर्क तथा विशेष समन्वय कमिटीको प्रस्ताव अनुमोदन गर्ने निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार माघ, फागुन र चैत महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्ने र उक्त अभियानमा सम्पूर्ण पार्टी पंक्ति परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने पनि निर्णय गरेको छ ।