काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय सरकारमा काँग्रेस पार्टीबाट सहभागी भएका मन्त्री र राज्य मन्त्री हरूलाई विहीवार छलफलका लागि आफ्नो निवास बुढानिलकण्ठमा बोलाएका छन् । पार्टीबाट सरकारमा दश मन्त्री र दुई राज्यमन्त्री छन् ।
काँग्रेस पार्टीमा सरकारमा पठाएका मन्त्रीहरु मध्ये केहि बाहेक अधिकांशले प्रभावकारी काम गर्न नसकेको र केहि विवादित पृष्ठभुमिका समेत भएको भन्दै आन्तरिक रुपमा कुरा उठदै आएको बेला सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अन्र्तक्रियाका लागि मन्त्रीहरुलाई बोलाएका हुन् । गृहमन्त्री रमेश लेखकका अनुसार यो संसद् बैठक बस्नुअघिको वामवर्क बैठक हो मन्त्रीहरूले के–के काम गरिरहनु भएको छ भनेर जानकारी गराउने कुरा पनि हो । सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस बिषयमा पनि छलफल हुने पार्टीका एक पदाधिकारीले बताएका छन् ।
