रामेछाप । नेपाली काँग्रेसका नेता तथा गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष स्वर्गीय रामचन्द्र वस्नेतको ४५ औं पूण्यतिथीका अवसरमा नेपाली काँग्रेस रामेछापले आईतबार बेतालीमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ (कान्छाराम) ले स्वर्गीय वस्नेतको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको वताए । उनले वस्नेतले देखेको सपना पार्टीले पुरा गर्ने समेत वताएका थिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा १०० दिने अभियानका लागि केन्द्रीय प्रतिनिधि मदन अमात्यले काँग्रेसले एक इमान्दार र संगठित नेता गुमाएकोमा दुख्ख व्यक्त गर्दै स्वर्गीय वस्नेतको सपना पुरा गर्नका लागि काँग्रेस कार्यकर्ताले संगठन र सामाजिक कार्यमा एक भएर लाग्नुपर्ने वताए ।
श्रद्धाञ्जली सभालाई नेपाली काँग्रेस जिल्ला सदस्य सिताराम कार्की लगाएतले स्वर्गीय वस्नेतको योगदानको चर्चा गरेका थिए ।
वडा अध्यक्ष वस्नेतको गत मंसिरमा काठमाण्डौं बाट बेताली जादै गर्दा फर्पुमा भएकोे जीप दुर्घटनामा परी मृत्यू भएको थियो ।
