रामेछाप । नेपाली काँग्रेसका नेता तथा गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष स्वर्गीय रामचन्द्र वस्नेतको ४५ औं पूण्यतिथीका अवसरमा नेपाली काँग्रेस रामेछापले आईतबार बेतालीमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ (कान्छाराम) ले स्वर्गीय वस्नेतको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको वताए । उनले वस्नेतले देखेको सपना पार्टीले पुरा गर्ने समेत वताएका थिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा १०० दिने अभियानका लागि केन्द्रीय प्रतिनिधि मदन अमात्यले काँग्रेसले एक इमान्दार र संगठित नेता गुमाएकोमा दुख्ख व्यक्त गर्दै स्वर्गीय वस्नेतको सपना पुरा गर्नका लागि काँग्रेस कार्यकर्ताले संगठन र सामाजिक कार्यमा एक भएर लाग्नुपर्ने वताए ।
श्रद्धाञ्जली सभालाई नेपाली काँग्रेस जिल्ला सदस्य सिताराम कार्की लगाएतले स्वर्गीय वस्नेतको योगदानको चर्चा गरेका थिए ।
वडा अध्यक्ष वस्नेतको गत मंसिरमा काठमाण्डौं बाट बेताली जादै गर्दा फर्पुमा भएकोे जीप दुर्घटनामा परी मृत्यू भएको थियो ।
बेतालीमा श्रद्धाञ्जली सभा
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
