रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमितिमा रिक्त रहेका ४ सदस्य पदमा जिल्ला कार्य समितिले नयाँ सदस्य मनोनयन गरेको छ । १४ औं महाधविशेनमा निर्वाचित विदेश गएकाले उनीहरुको स्थानमा नयाँ सदस्य मनोनयन गरीएको हो । जिल्ला सभापति तथा उर्जा, जलश्रोत, सिंचाई राज्य मन्त्री पूर्णवहादुर तामाङ   (कान्छाराम) को अध्यक्षतामा शनिबार मन्थलीमा बसेको कार्यसमितिको २५ औं बैठकले उक्त मनोनयर गरेको पार्टीका प्रवक्ता कुमार श्रेष्ठले जनाएका छन् ।
       जिल्ला कार्यसमितिमा मनोनित हुनेमा दोरम्बा ७ कि साङमाला तामाङ, सुनापति गाउँपालिका ३ कि लालकुमारी थिङ, लिखु तामाकोशी गाउँपालिका ४ कि निमा तामाङ र मन्थली नगरपालिका ३ कि तारादेवि खत्री रहेका छन् ।
       यसै गरी काँग्रेसका विभिन्न विभागीय समितिमा सदस्य मनोनयका लागि रामेछापका झनकवहादुर श्रेष्ठ (भिरपानी ), ध्रुवराज लामा ( मझुवा ) विनोद कार्की (बाम्ती), केदार कार्की (वेताली), सुजन काफ्ले ( सालु ), गजेन्द्रवहादुर कार्की ( कुभु) शिव श्रेष्ठ ( ठोसे ), पेम्बा शेर्पा ( गुम्देल ) र निरवहादुर थापामगर ( टोकरपुर ) लाई जिल्ला कार्य समितिले सिफारीस गरीएको श्रेष्ठले जनाएका छन् ।