रामेछाप । जनस्वास्थ्य कार्यालय रामेछापको आयोजनामा खाँडादेवि गाउँपालिकामा संचालन भएको स्वास्थय शिविरबाट ७ सय ५० जना विरामीले स्वास्थ्य परिक्षण तथा उपचार सेवा पाएका छन् ।
    गाउँपालिकाको वडा नम्बर १, ३ र ७ मा संचालन भएको स्वास्थ्य शिविरमा अत्याधुनिक एक्स्रे मेसिन मार्फत स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमानै प्रयोगशाला परिक्षण गरी विरामीको उपचार गरीएको जनस्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्रकुमार साहले वताएका छन् ।
    शाहका अनुसार स्वास्थ्य शिविरमा आँखा, दाँत, महिलाको पाठेघरको परिक्षण, फिस्टुलाको परिक्षण, भिडियो एक्सरे, र आयुर्वेदिक सेवा समेत उपलव्ध गराइएको थियो । मन्थली अस्पतालका चिकित्सक डा. केशवसिंह धामी सहितको स्वास्थ्यकर्मीको समूहले उक्त शिविरमा सेवा पुर्‍याएका थिए । शिविरमा आउने विरामीहरुलाई परापर्श सेवा समेत उपलव्ध गराइएको थियो ।