काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको कामबाट सन्तुष्ट हुने ठाउँ नभएको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारका ५० भन्दा बढी सचिवलाई शुक्रबार एकै थलोमा बोलाएर उनले सरकारले सोचे जस्तो काम नभएकोमा असन्तुष्टि पोखेका हुन् । प्रधानमन्त्री ओलीले काममा अप्ठेरो परे सहजीकरण गर्न आफू सदैव तयार रहेको समेत सचिवहरुलाई बताएका थिए् ।
काम गर्ने सिलसिलामा विभिन्न कानुनी व्यवधान देखाएर सुशासनको काममा गरिरोध सिर्जना गर्न नहुने भन्दै प्रधानन्त्री ओलीले करिव ५ घण्टा सचिवहरुलाई दोहोरो छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा र राजनीतिक सल्लाहकार विष्णु रिमाललाई सँगै थिए ।
छलफलमा सचिवहरूले राजनीतिक दबाबमा काम गर्दा कानुनी कारबाहीको केन्द्रबिन्दुमा कर्मचारी मात्रै पर्ने गरेको गुनासो गरेका थिए । हरेक निर्णयमा कर्मचारीमाथि मुद्दा चल्ने तर मन्त्रीलगायतका राजनीतिक नेतृत्वलाई केही नहुने गरेको भन्दै सविचहरुले प्रधानमन्त्री सँग असन्तुष्टि पोखेका थिए ।
मतदाताले रुचाएको पार्टीको घोषणा पत्रमा समावेश विकास निर्माण र सुशासनको काम गर्नका लागि मन्त्रीहरु सिंहदरबार पुग्ने भएकाले उनीहरूले अह्राएको काम गलत हुने सोच राख्न नहुने बताए । त्यस क्रममा उनले भनेका थिए, ‘हामीले पनि राम्रो काम गरौं भन्ने नै सोचेका हुन्छौं । हामी पनि टाउको घरमै राखेर सिंहदरबारमा छिरेका हुँदैनौं ।’ मन्त्रीले असल नियतले अह्राएको कामलाई राजनीतिक हस्तक्षेपका रूपमा नबुझी काम गरिदिन प्रधानमन्त्री ओलीले सविचहरुलाई आग्रह गरेका थिए ।
कर्मचारीको काम प्रति प्रधानन्त्री असन्तुष्ट
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
