+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

एमाले माथि भएको घेराबन्दी विरुद्ध खवरदारी गरौं ः थेबे

11 महीना पहिले प्रकाशित

रामेछाप । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले अहिले चौतर्फि रुपमा नेकपा एमालेलाई सिध्याउने चलखेल भइरहेकोले त्यसका विरुद्ध युवाहरुले डटेर लाग्नु पर्ने वताएका छन् ।
       देशमा सुशासन, सम्बृद्धि र विकास लाई रोक्न सकिन्छ र व्यवस्था माथिनै धावा बोल्न सकिन्छ भन्ने मनसायले अहिले एमालेलाई खेदने काम भइरहेको छ । त्यसका विरुद्धमा सवैले एक एक भएर खडा हुनुका लागि थेबेले युवाहरुलाई आग्रह गरे ।
       युवा संघ मन्थली नगरपालिकाको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै थेबेले नेकपा एमालेलाई विना कारण विभिन्न बाहाना वनाई नाटकिय ढंगले आक्रमण हुदै आएको वताए । उनले नेकपा एमालेलाई त्ससको कुनै पर्वाह नभएको बताउदै नागरिकको अपार माया पाईरहेकाले आगामी २०८४ को निर्वाचनमा देशको पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने दावि गरे ।
         पार्टीका सदस्यबाट भबन निर्माणका लागि दान पाएका जग्गामा लुकिछिपी नभई खुल्लमखुल्ला रुपमा भवन सिलन्यास गरेको वताए । एमालेको नेतृत्वले पार्टी पंत्तिबाट छुकिछुपी त्यो जग्गा लिएको थियो भने इमान्दार हामी जस्ता कार्यकर्ताहरुले प्रधानमन्त्रीलाई राजीनामा गर्न बाध्य वनाउथ्यौं । थेबेले भने – तर त्यसमा केहि लुकाईएको छैन्, खुल्लमखुला पत्रकार बोलाएर जग्गा दान आएको जानकारी दिएर भवन निर्माण थालिएकोले त्यहि विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्दै धुवाधार विरोध हुनुको के अर्थ ? ।
          हामीले पुरानो राजनीतिक ईतिहासबाट पाठ सिकेर गणतन्त्रको संस्थागत विकासका लागि जति काम गर्नु पर्ने थियो त्यति गर्न सकेका छैनौं । त्यसैले पछिल्लो पुस्ता नैरास्यतामा गएको उनले वताए । थेबेले युवाहरुलाई संवोधन गर्ने क्रममा अवको प्रमुख माग भनेको युवाहरुको आत्मनिर्भरताको अभियान रहेको वताए । थेबेले भने – अवको मिसन रोजगार, अवको मिसन आत्मनिर्भर हो । संगठन निर्माण सगसगैं योग्य युवाको उत्पादनमा जोड दियौं ।
           कार्यक्रममा एमालेका पूर्व जिल्ला अध्यक्ष एवं बागमति प्रदेशसभाका सदस्य आनन्दकुमार श्रेष्ठ, पूर्व प्रदेश मन्त्री शान्तिप्रसाद पौडेल, नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया लगाएतले नेकपा एमालेको नेतृत्वमा रहेको बर्तमान सरकारले गरेका उपलव्धिको चर्चा गर्दै त्यसका विरुद्ध लाग्नेहरु संग मुकाविला गर्न र अनुशासित भएर संगठन निर्माणमा जुट्नका लागि युवाहरुलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले