शर्मिला घिमिरे
महोत्तरी, असोज १९ गते । बर्दिबास वडा नं ६ को समन्वयमा जानकी मेडिकल कलेज रमादैया भवाडीले बर्दिबास वडा नं ६ महोत्तरीमा एक दिने स्वास्थ्य शिविरको आयोजना गर्यो । उक्त शिविर सोही वडाको श्री जनहित नन्दलाल माध्यमिक विद्यालय, चौलीखामा भएको थियो ।
शिविरमा छाला, आँखा, दाँत, गाइनो लगायत रेडियोलोजी, युयसजी जस्ता सेवा रअन्य रोगको बारेमा परामर्श भएको थियो । “निःशुल्क औषधि वितरण गर्दै हरेक बिरामीलाई दैनिक आबस्यक औषधि खान सल्लाह र सुझाव दिएका छौ ।


महोत्तरी लगायत धनुषाका पनि बिरामी आउनु भएको छ । यस शिविरका संयोजक जानकी मेडिकल कलेजका प्रशासन प्रमुख सुनिल कुमार दासले सञ्चालन गरेको सथयो । यस शिविरमा धनुषा र महोत्तरी गरी ५०० भन्दा बढी बिरामीहरुले सेवा लिएको जानकारी गराउनु भउका छन् । सो शिविरमा हरेक बिरामीलाई राम्रो सेवा र सुविधा सँगै खुशी दिने डाक्टर टोली लगायत सम्पूर्ण डाक्टर टिमहरुलाई बिरामिहरुले धन्यवाद दिनुभएको थियो ।
वडा भित्रै पनि धेरै जना अस्पताल पुग्ने अवस्थाको हुनुहुन्न खास उहाँहरुलाई लक्षित गरेर कार्यक्रमको समन्वय गरेको हो । त्यहाका वडा अध्यक्षले बताउनु भएको यसता शिविरहरु जानकी मेडिकल कलेज रमादैया भवाडीले हाम्रो वार्डमा प्रत्यक महिना हो र यहाँ बिरामिहरुले निशुल्क उपचार गराउने गरोस् ।