कमल साह
जनकपुरधाम,फागुन ११ गते । यहाँका माडवारी समुदाय द्वारा स्थापित श्याम मित्र मण्डल ले आज श्री श्याम बाबाको २४ औं स्थापना दिवस भव्यता पुर्वक मनाईएको छ ।
श्री श्याम बाबा को मन्दिर निर्माण संगै मुर्ति स्थापना भएको २३ औं वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश भएको अवसरमा निशान यात्रा र श्री श्याम मंगल पाठ गरिएको छ भने आज राति ९ बजेदेखि ज्योत भजन कार्यक्रम हुनेछ ।
यहाँका ऐतिहासिक थलो महावीर चौक स्थित माडवारी सेवा समिति हाता भित्रको श्याम मन्दिरमा महोत्तरीको सदरमुकाम जलेश्वरबाट निशान भित्र्याईएको छ । जलेश्वरबाट करिब ११ बजे निशान उठाएको कार्यक्रम संयोजक राकेश अग्रवाल ले जानकारी गराउनु भएका छन । निशान लिने नरनारी नांगै खुट्टाले पैदल यात्रा गर्ने गर्दछन । सो निशान उठाउनमा १०१ श्रद्धालुहरु सहभागि भएको उहाँ जनाएका छन ।
वि.सं.२०५४ साल माघ शुक्ल पक्ष एकादशी तिथीमा श्याम बाबाको मुर्ति स्थापना भएको ले यस अवसरमा हरेक वर्ष यसरी नै विभिन्न कार्यक्रम गरि मनाइन्छ । तर, यसपालि कार्यक्रमलाई कटौति गरिएको जनकपुरधाम उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष निर्मल कुमार चौधरी ले बताउनु भयो ।
अन्यवर्ष तीनदिने कार्यक्रम आयोजना हुँदै आएको लाई यस वर्ष एकदिनमै सिमित पारिएको उहाँले जनाएका छन ।
आज राति आयोजन हुने ज्योत कार्यक्रममा भजन गायनको लागि भारतका पिंक सिटी नामबाट प्रख्यात शहर जयपुरबाट गायक झिकाइएको श्याम मित्र मण्डल का अध्यक्ष गौतम अग्रवाल ले बताउनुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष चौधरी का अनुसार श्याम मित्र मण्डलको अध्यक्ष गौतम अग्रवालको तीन वर्षे कार्यकाल पुरा भएको ले आज पद हस्तान्तरण समेत भएको छ । अध्यक्ष गौतम अग्रवालले अजय जैन लाई पद हस्तान्तरण गर्नुभयो । सो अवसरमा गैतमलाई धन्यवाद र जैन लाई शुभकामना समेत दिइएको जनाइएको छ ।
ी श्याम मंदिरको २४ औं वर्षगांठ विभिन्न कार्यक्रमगरी मनाइयो
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
