+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

ी श्याम मंदिरको २४ औं वर्षगांठ विभिन्न कार्यक्रमगरी मनाइयो

5 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,फागुन ११ गते । यहाँका माडवारी समुदाय द्वारा स्थापित श्याम मित्र मण्डल ले आज श्री श्याम बाबाको २४ औं स्थापना दिवस भव्यता पुर्वक मनाईएको छ ।
श्री श्याम बाबा को मन्दिर निर्माण संगै मुर्ति स्थापना भएको २३ औं वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश भएको अवसरमा निशान यात्रा र श्री श्याम मंगल पाठ गरिएको छ भने आज राति ९ बजेदेखि ज्योत भजन कार्यक्रम हुनेछ ।
यहाँका ऐतिहासिक थलो महावीर चौक स्थित माडवारी सेवा समिति हाता भित्रको श्याम मन्दिरमा महोत्तरीको सदरमुकाम जलेश्वरबाट निशान भित्र्याईएको छ । जलेश्वरबाट करिब ११ बजे निशान उठाएको कार्यक्रम संयोजक राकेश अग्रवाल ले जानकारी गराउनु भएका छन । निशान लिने नरनारी नांगै खुट्टाले पैदल यात्रा गर्ने गर्दछन । सो निशान उठाउनमा १०१ श्रद्धालुहरु सहभागि भएको उहाँ जनाएका छन ।
वि.सं.२०५४ साल माघ शुक्ल पक्ष एकादशी तिथीमा श्याम बाबाको मुर्ति स्थापना भएको ले यस अवसरमा हरेक वर्ष यसरी नै विभिन्न कार्यक्रम गरि मनाइन्छ । तर, यसपालि कार्यक्रमलाई कटौति गरिएको जनकपुरधाम उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष निर्मल कुमार चौधरी ले बताउनु भयो ।
अन्यवर्ष तीनदिने कार्यक्रम आयोजना हुँदै आएको लाई यस वर्ष एकदिनमै सिमित पारिएको उहाँले जनाएका छन ।
आज राति आयोजन हुने ज्योत कार्यक्रममा भजन गायनको लागि भारतका पिंक सिटी नामबाट प्रख्यात शहर जयपुरबाट गायक झिकाइएको श्याम मित्र मण्डल का अध्यक्ष गौतम अग्रवाल ले बताउनुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष चौधरी का अनुसार श्याम मित्र मण्डलको अध्यक्ष गौतम अग्रवालको तीन वर्षे कार्यकाल पुरा भएको ले आज पद हस्तान्तरण समेत भएको छ । अध्यक्ष गौतम अग्रवालले अजय जैन लाई पद हस्तान्तरण गर्नुभयो । सो अवसरमा गैतमलाई धन्यवाद र जैन लाई शुभकामना समेत दिइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले