कमल साह
जनकपुरधाम,भाद्र २६ गते । जनकपुरधाम उद्योग बाणिज्य संघको विभिन्न १५ पदका लागि विहिवार ४४ जनाले उम्मेदवारी दिने भएका छन् । उनिहरुबाट निर्वाचन दस्तुर झण्डै साढे १७ लाख असुल भएको छ । निर्वाचन दस्तुर मंहगो भएर संगठीत सदस्यमा फारम भर्न आउनेले विरोध गर्दै रितै फर्केका छन ।
जनकपुरधाम उद्योग वाणिज्य संघ को भदौँ २९ गते मतदान हुने मतदानको विहिवार अध्यक्ष पद समेतका लागि ४४ जनाले मनोनयन पत्र खरिद गरेका छन । उम्मदेवारहरुले शुक्रबार मनोनयन पत्र दाखिला गर्नका लागि एक दिन अगाबै मनोयन पत्र खरिद गरेका छन् । निर्वाचन समितिले बिहीबार मनोनयन पत्र खरिद गरेकाहरुले मात्र उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अधिकृत मनोज कुमार महासेठले जनाए अनुसार अध्यक्ष पदका लागि ३ जनाले मनो नयन पत्र खरिद गरेका छन् । उनिहरुबाट एक लाख ६५ हजरा रकम जम्मा भएका छन ।
अध्यक्षमा मनिष कुमार साह, जितेन्द्र प्रसाद साह र सुरेन्द्र भण्डारीले उम्मेदवारी दिने भएका छन् । मनिष वर्तमान वरिष्ठ उपाध्यक्ष, जितेन्द्र पूर्व वरिष्ठ उपाध्यक्ष र भण्डारी पूर्व उपाध्यक्ष हुन् । तीनै जनाले अध्यक्ष पदका लागि प्रतिष्पर्धा गर्ने भएका छन्।
त्यसैगरी १ जना वरिष्ठ उपाध्यक्षका लागि मनोज कुमार साह, विकास कुमार चौधरी र अम्भु प्रसाद साहले उम्मेदवारी दिने भएका छन् । तीनैजनाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन मनोनयन फार्म खरिद गरेका छन् । उनिहरुबाट एक लाख ५३ हजार रकम असुल भएका छन ।
उसैगरी १ जना खुला उपाध्यक्षका लागि लक्ष्मण साह र विश्वनाथ साह सुडीले उम्मेदवारी दिने भएका छन् । उनिहरुबा एक लाख रकम असुल भएका छन । खुला उपाध्यक्षमा सोझै प्रतिस्पर्धा हुने सम्भावना छ ।
महिलाका लागि आरक्षित एक उपाध्यक्षमा भने ३ जनाले उम्मेदवारी दिने भएका छन् । रिंकु साह, माया कुमारी र सरिता ठाकुरले उम्मेदवारी दिन फारम लगेको निर्वाचन समितिले जनाएको छ । उनिहरुबाट ९० हजार रकम असुल भएका छन ।
त्यस्तै एक महासचिव पदका लागि ४ जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । त्यसमा हाल सचिव रहेका फुलदेव पण्डित, गणेश कुमार साह, अशोक कुमार चौधरी र सुधिर पजियारले उम्मेदवारी दिने भएका छन् । उनिहरुबाट एक लाख ८० हजार रकम असुल भएका छन ।
त्यस्तै एक जना सचिव पदका लागिपनि ४ जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । त्यसमा नरेन्द्र बिक्रम साह, राकेश पजियार, श्रवण कुमार साह र गोपी कुमार साहले उम्मेदवारी फारम लगेको बताइएको छ । उनिहरुबाट एक लाख ६० हजार रकम असुल भएका छन ।
जउवा संघको एक जना कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । संघले जनाए अनुसार रामचन्द्र पँजियार, मनोज कुमार शर्मा, राकेश कुमार साह र परमेश्वर साहले उम्मेदवारी दिने भएका छन् । परमेश्वर साह वर्तमान कोषाध्यक्ष हुन् । उनिहरुबाट एक लाख ६० हजार रकम असुल भएका छन ।
त्यस्तै एक जना एसोसिएट सदस्य पदका लागि २ जना दीपक कुमार साह र अभिषेक कुमार चौधरीले प्रतिस्पर्धा गर्ने भएका छन् । उनिहरुबाट ८० हजार रकम असुल भएका छन ।
सर्वाधिक प्रतिष्पर्धा कार्यकारिणी समितिको सदस्य पदका लागि हुने भएको छ । ६ पदका लागि १७ जनाले उम्मेदवारी दिने भएका छन् । उनिहरुबाट छ लाख ८० रकम असुल भएका छन । सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नेहरुमा रमेश महतो, सन्तोष कुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेश कुमार साह, दीपमणि साह, प्रवीण कुमार साह सोनार, सुरेन्द्र दास, धर्वे न्द्र साह, गौरीशंकर साह, निरज कुमार साह, रामजिवन साह, राकेश कुमार साह, जिवछ साह, बलराम कुमार साह, ध्रुव कुमार साह, सुनिल दास कथवनिया र दिलिप कुमार साह रहेका छन् ।
जउवासंघका अध्यक्ष पदमा तीन सहित विभिन्न ४४ जनाको मनोनयनबाट झण्डै साढे सत्र लाख
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
14 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
