+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मधेशी दलिकको विकासका लागि कार्यन्वयन पक्ष कमजोर

8 महीना पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, श्रावण ३१ गते । मधेशी दलितको विकासका लागि ऐन निर्माण भएपनि त्यसको कार्यन्वयन पक्ष कमजोर रहेको छ । नेपाल मधेश फाउण्डेशनले रिसर्च ले गरेको रिर्सचलाई बुधबार सार्वजनिक भएको बाट स्पष्ट हुन्छ ।
मधेशवादी दलहरुको सक्रियताले नेपालमा संघियता आएको हो । र मधेशीलाई नै संघीयता आवश्यकता हो । तर, संघियता स्थापना भएको झण्डै आठ वर्षमा मधेशका १८ प्रतिशत दलित, १२ प्रतिशत मुस्लिम र झण्डै ५२ प्रतिशत महिलाको हुनुपर्ने विकास हुन नसकेको प्रति नीति कहाँ अडकिएको हो बारेमा प्रश्न खोज्ने कार्यसमेत सो कार्यक्रममा भएको छ ।
मधेश फाउण्डेशनका अध्यक्ष ई. तुलानारायण साह द्वारा सार्वजनिक भएको अन्तरक्रियाको मुख्य लक्ष्य लोकतन्त्रको सुदृढीकरणलाई गहिरियो े बनाई संघियता स्थायित्व गर्नु हो । संघियताको सुगन्धलाई चारै तर्फ महमह बनाउन मधेश सरकारको कानून,नीति तथा कार्याक्रम र बजेट निर्माण प्रक्रियामा कहाँ के कति त्रुटिहरु भईरहेका छन बारेमा समेत फाउण्डेशनका अध्यक्ष साह ले प्रस्तुत गर्नुभयो ।
संघियत आएकोे झण्डै ८ वर्ष भएपनि सिमान्तकृत जातिलाई मुलधारमा ल्याउन नसक्नु प्रदेश सरकार चुकेको कुरा साह ले सार्वजनिक गर्नुभएको तथ्याँकगत कुराहरुबाट समेत प्रष्ट भईरहेको छ । उहाँका अनुसार मधेश प्रदेशका दलितको उत्थानका लागि २०७६ सालमा नै ऐन निर्माण भएको छ । तर, मधेशका ८ जिल्लाका १३६ पालिका मध्ये हालसम्म ३६ वटा पालिकामा दलित कमिटी गठन गर्न सकेको छ ।
उहाँले बजेट निर्माण गर्दा दलित,महिला,मुस्लिम लगायतका सिमान्तकृत वर्गको उत्थानका लागि छुट्टै रकम बिनियोजन नभएको चंखेहरुले रकम चलाई दिने गरेको बताउनु भयो ।
मधेश सरकारले बिनियोजन गरेको बजेटलाई अन्य क्षेत्रहरुमा खर्च गर्न चंखेहरु सक्रिय रहेको बताउँदै उहाँले बजेटिया नेता,बिचौलिया लगायतको बिगबिगी हुने गरेको समेत बताउनु भयो ।
प्रदेश सांसद रामअशिष यादव ले मधेश सरकारले ७ वटा नीति तथा कार्यक्रम ल्याईसकेको हो बताउँदै एक वर्षपछि अर्को बर्षमा सुधार हुनुपर्ने त्यो नभएको बताउनु भयो । उहाँले मधेशमा शिक्षा स्वास्थ्याको तर्फ बजेट बिनियोजन गर्नुपर्ने थियो । तर, त्यो नभएर भौतिक निर्माण तर्फ बिनियोजन गरेर मधेशलाई कंक्रिटको प्रदेश बनाउन खोजेको बताउनु भयो ।
त्यस्तै नीति आयोगका पूर्व अध्यक्ष डा. भोगेन्द्र झा ले लोकतन्त्रको सफल कार्यान्वयनको लागि अनुशासन आवश्यकता रहेको बताउनु भयो । उहाँले सिमांतकृत वर्गको पहिलो अवस्थामा सुधार आएको हो । तर, जति हुनुपर्ने थियो । त्यो नहुनुको प्रमुख कारण व्यक्तिको गलति ले हो बताउनु भयो ।
उहाँले प्रणाली त बनाउने हो तर त्यसलाई संचालन गर्नेहरुमा हुने कमिकमजोरीले त्यस्तो हुने गरेका हुन्छन थप्नुभयो ।
सो कार्यक्रममा प्रदेश सांसदहरु सहिदा खातुन,अर्चना कुमारी, रुपा यादव,नीति आयोगका सदस्य प्रा. रामचन्द्र यादव, संजय साह,मुनि कुमारी दास लगायत ले समेत आफ्ना बिचार राख्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..

10 घन्टा पहिले

रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क

टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..

1 दिन पहिले

खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना

टीकाप्रसाद भट्ट रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामे..

1 दिन पहिले

चुथ्राे अलपत्र किसानले पैसा पाएनन

टीकाप्रसाद भट्ट रामेछाप । दाउरा बाल्न बाहेक अरुमा काम नलाग्ने जङ्गली चुथ्रो व्यवसायीले नलैजदा रामेछापको उत्तरी..

2 दिन पहिले

आलु खेतिमा डडुवा रोग फैलदै, कृषिमा जानकारी छैन्, परियोजन..

टीकाप्रसाद भट्ट रामेछाप – प्रितीको मैदानेका आलुका बोट दिनदिनै बटारिदै छन् । पात कोप्रिदै गएका र कालो चिर्काहरु..

3 दिन पहिले