सहकारी पीडितको आन्दोलनमा राजेन्द्र महतोको ऐक्यबद्धता
1 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम, साउन २९ गते । सहकारी पीडित राजेन्द्र स्थापितको शव लिएर आन्दोलन गरिरहेका आन्दोलनकारी तथा मृतक परिवारलाई राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले भेटघाट गरेका छन् । मृतक स्थापितको शव लिएर काठमाडौँको रत्नपार्कमा धर्नामा बसिरहेका आन्दोलनकारी तथा मृतक परिवारलाई संयोजक महतोले भेटेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
सहकारीबाट आफ्नै बचतको पैसा फिर्ता नपाउँदा रकम अभावका कारण उपचार नपाउँदा सहकारी पीडित काठमाडौँ शंखमूल बस्ने राजेन्द्र स्थापितको मृत्यू भएको थियो ।
आन्दोलनकारी तथा परिवारजनलाई भेट्न रत्नपार्क पुगेका महतोले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । महतोले राज्य आफैँ ठगी धन्धामा लागेको र आम सर्वसाधारणले आफ्नो पैसा समेत फिर्ता नपाएर मृत्यूवरण गर्नु दुःखद रहेको बताए । उनले राज्य बहिरो रहेकोले जनतासँग कुनै मतलब नराखी दलाल, ठग तथा माफियाहरु पाल्नमै व्यस्ता रहेको बताए ।
आफूहरुको एउटा मुद्दा सहकारी पीडितलाई न्याय दिनुपर्ने समेत रहेको स्मरण गराउदै महतोले आन्दोलनमा आफुहरुको समेत साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
