मिथिला जागरण समाचारदाता
जनकपुरधाम, जेष्ठ ८ गते । ए.स.कर्मचारी संगठन मधेश प्रदेशको कार्य समितिको महासचिब सुरेश कुमार रोहीताको अगुवाईमा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मा. माधव कुमार नेपाल लाई कलेन्डर हस्तान्तर गरेको थियो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका श्रदय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मा. माधव कुमार नेपाललाई एकीकृत सरकारी कर्मचारी संगठन, मधेस प्रदेशको तर्फबाट जनकपुरधाममा स्वागत गरेको थियो ।
यस कार्यक्रममा पार्टीका सचिवालय सदस्य रामचन्द्र झा, स्थायी समिति सदस्य मा. रत्नेश्वर गोइत, मा. कृषि मन्त्री गोविन्द न्यौपाने, मा.श्रम तथा यातायात मन्त्री बेचि लुङ्गेली लगायत उपस्थिति रहेको थियो ।
सो कार्यक्रमा राष्ट्र सेवक कर्मचारीका बिबिध बिषयमा छलफल गरी सङगठन मधेश प्रदेशको तर्फ बाट न्याँ वर्ष २०८१ को प्रकाशीत कलेण्डर समेत उहार स्वरुप प्रदान गरेको थियो ।
सो कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल मधेस प्रदेश कार्यसमितिका साथीहरु जितनरायन यादव ,रन्जित सिंह, मनिश कर्न ,रामसरुप यादव ,दिलिप यादव , दिपेन्द्र दास , रामलोचन यादब लगाईत उपस्थिती रहेको थियो ।