चुरे दोहन रोक्न काठमाण्डौको पद यात्रा
11 महीना पहिले प्रकाशित

कमल साह, धनुषा
जनकपुरधाम ,जेष्ठ ७ गते । चुरे जलाधर क्षेत्र तराई मधेशको प्राणवायु हो भन्दै चुरे बचाउ अभियानीहरु संघीय राजधानी काठमाण्डौको लागि पैदल यात्रागर्दै मकवानपुर पुगेका छन ।
चुरे दोहन नियन्त्रण हुनुपर्ने,वनजंगल संरक्षण अभियन्ता दिलिप महतो लाई शहीद घोषणा गर्नुपर्ने लगायतका मांग अगाडी सार्दै अभियानीहरु सप्तरीको भारदहबाट शुरु गरिएको पदयात्रा अभियननमा २२ जना सहभागी रहेकाछन । त्यसमा महिला र पुरुष समेत रहेका छन ।
काठमाडौं माईतिघर सम्मको पैदल यात्रामा सहभागी रहनु भएका अभियानीहरु सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा,पर्सा,मकवानपुर हुँदै अब एक दुई दिनमा चितवन जिल्लाको सडक नाप्नेछन ।
पैदल यात्रामा हिडेका चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरु धनुषाको ढल्केवर पुग्दा उनिहरुको अभियान प्रति स्थानिय वासिन्दाहरु समर्थन जनाएका छन । छ बर्ष अगाडी वन तस्करहरुद्वारा हत्या गरिएका वनजंगल संरक्षण अभियन्ता दिलिप महतोका पिता रामजीवन महतो लगायतका स्थानीय बुद्धिजीवि, किसान मजदुरद्वारा स्वागत गरियो ।
मधेसमा भइरहेको वनविनास तथा बालुवा गिट्टी उत्खनन प्रति राज्यको उदासीनता र सम्बन्धित निकायलाई खबरदारी गर्दै अभियान प्रति आस्था, विश्वास र हौसला प्रदान गर्नेहरुलाई उनिहरु धन्यवाद दिंदैछन ।
तराई–मधेशको टाउको रुपमा रहेको चुरिया क्षेत्रको रातो, बाँके, फुलजोर, लखनदेई, बागमती, बकिया, कमला लगायतका खोलानालाहरुबाट क्रसर उद्योगीहरुले गरिरहेको अबैध उत्खनन बन्द हुनुपर्ने उनीहरुको मांग रहेका छन ।
पूर्व तथा वर्तमान जनप्रतिनिधिहरु (मेयरदेखि–सांसदसम्म) को संलग्नता एवं मिलिभगतमा अवैध उत्खनन भईरहेको हुनाले नै प्रदेश सारकार समेता उदाशिनता देखाएको अभियानी श्रीचन मुखियाले आरोप लगाउनु हुन्छ । स्थानीय तथा मधेश प्रदेश सरकारले देखाएको लापर्वाहीको कारण चुरे दोहन दिनानुदिन बढदै गएको छ । यसले प्राकृतिक पर्यावरणलाई नष्ट गरी मरूभूमिकरण एवं जलसंकट निम्त्याइरहेको छ ।
अवैध ढुंगा गिट्टी उत्खनन् बढनुको मुख्य कारण जनप्रतिनिधीहरुको कमिशन, अवैध ईलेक्सन फन्ड संकलन गर्नु रहेको मुख्या बताउँदै थप्छन, त्यसकारण धाकधम्की, गुण्डागर्दी,कुटपीट तथा मर्डरसम्म को घटना भएको हो । अभियानीहरु सरोकारबाला निकायहरुको गम्भीर ध्यानाकर्षण गराउन पद यात्रामा सरिक भएका हुन ।
कमेन्ट गर्नुहोस्
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
13 घन्टा पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
1 दिन पहिले
खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना
टीकाप्रसाद भट्ट रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामे..
2 दिन पहिले
चुथ्राे अलपत्र किसानले पैसा पाएनन
टीकाप्रसाद भट्ट रामेछाप । दाउरा बाल्न बाहेक अरुमा काम नलाग्ने जङ्गली चुथ्रो व्यवसायीले नलैजदा रामेछापको उत्तरी..
2 दिन पहिले
आलु खेतिमा डडुवा रोग फैलदै, कृषिमा जानकारी छैन्, परियोजन..
टीकाप्रसाद भट्ट रामेछाप – प्रितीको मैदानेका आलुका बोट दिनदिनै बटारिदै छन् । पात कोप्रिदै गएका र कालो चिर्काहरु..
3 दिन पहिले