कमल साह, धनुषा
जनकपुरधाम ,जेष्ठ ७ गते । चुरे जलाधर क्षेत्र तराई मधेशको प्राणवायु हो भन्दै चुरे बचाउ अभियानीहरु संघीय राजधानी काठमाण्डौको लागि पैदल यात्रागर्दै मकवानपुर पुगेका छन ।
चुरे दोहन नियन्त्रण हुनुपर्ने,वनजंगल संरक्षण अभियन्ता दिलिप महतो लाई शहीद घोषणा गर्नुपर्ने लगायतका मांग अगाडी सार्दै अभियानीहरु सप्तरीको भारदहबाट शुरु गरिएको पदयात्रा अभियननमा २२ जना सहभागी रहेकाछन । त्यसमा महिला र पुरुष समेत रहेका छन ।
काठमाडौं माईतिघर सम्मको पैदल यात्रामा सहभागी रहनु भएका अभियानीहरु सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा,पर्सा,मकवानपुर हुँदै अब एक दुई दिनमा चितवन जिल्लाको सडक नाप्नेछन ।
पैदल यात्रामा हिडेका चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरु धनुषाको ढल्केवर पुग्दा उनिहरुको अभियान प्रति स्थानिय वासिन्दाहरु समर्थन जनाएका छन । छ बर्ष अगाडी वन तस्करहरुद्वारा हत्या गरिएका वनजंगल संरक्षण अभियन्ता दिलिप महतोका पिता रामजीवन महतो लगायतका स्थानीय बुद्धिजीवि, किसान मजदुरद्वारा स्वागत गरियो ।
मधेसमा भइरहेको वनविनास तथा बालुवा गिट्टी उत्खनन प्रति राज्यको उदासीनता र सम्बन्धित निकायलाई खबरदारी गर्दै अभियान प्रति आस्था, विश्वास र हौसला प्रदान गर्नेहरुलाई उनिहरु धन्यवाद दिंदैछन ।
तराई–मधेशको टाउको रुपमा रहेको चुरिया क्षेत्रको रातो, बाँके, फुलजोर, लखनदेई, बागमती, बकिया, कमला लगायतका खोलानालाहरुबाट क्रसर उद्योगीहरुले गरिरहेको अबैध उत्खनन बन्द हुनुपर्ने उनीहरुको मांग रहेका छन ।
पूर्व तथा वर्तमान जनप्रतिनिधिहरु (मेयरदेखि–सांसदसम्म) को संलग्नता एवं मिलिभगतमा अवैध उत्खनन भईरहेको हुनाले नै प्रदेश सारकार समेता उदाशिनता देखाएको अभियानी श्रीचन मुखियाले आरोप लगाउनु हुन्छ । स्थानीय तथा मधेश प्रदेश सरकारले देखाएको लापर्वाहीको कारण चुरे दोहन दिनानुदिन बढदै गएको छ । यसले प्राकृतिक पर्यावरणलाई नष्ट गरी मरूभूमिकरण एवं जलसंकट निम्त्याइरहेको छ ।
अवैध ढुंगा गिट्टी उत्खनन् बढनुको मुख्य कारण जनप्रतिनिधीहरुको कमिशन, अवैध ईलेक्सन फन्ड संकलन गर्नु रहेको मुख्या बताउँदै थप्छन, त्यसकारण धाकधम्की, गुण्डागर्दी,कुटपीट तथा मर्डरसम्म को घटना भएको हो । अभियानीहरु सरोकारबाला निकायहरुको गम्भीर ध्यानाकर्षण गराउन पद यात्रामा सरिक भएका हुन ।
चुरे दोहन रोक्न काठमाण्डौको पद यात्रा
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
15 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
