संजु कर्ण, जेठ ४ गते । नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह निर्वाचित भएको छ । निकटतम प्रतिस्पर्धी गणेशप्रसाद प्रसाईलाई १२ मतको झिनो अन्तरले पराजित गर्दै साह अध्यक्षमा चुनिएको हो ।
साह २८० मतसहित अध्यक्षमा निर्वाचित हुँदा प्रसाईले २६८ मत प्राप्त गरेको छ । अध्यक्षका अर्का उम्मेदवार जयप्रकाश यादवले भने २० मत प्राप्त गरेको छ । नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि तत्कालिन जिल्ला अध्यक्ष रेवती पन्त त्यसबेला समाजवादीतर्फ लागेपछि साह एमालेको जिल्ला अध्यक्षमा मनोनित भएको थियो । अहिले नवौंऔँ जिल्ला अधिवेशनबाट साह नै अध्यक्षमा निर्वाचित भएको छ । त्यस्तै उपाध्यक्ष, सचिव र दुई जना उपसचिवमा पनि साह प्यानलकै नेता बिजयी भएका छन् ।
उपाध्यक्षमा २६२ मत प्राप्त गरी विदुरकुमार प्याकुरेल निर्वाचित भएको छ । प्याकुरेलका प्रतिस्पर्धी पार्वती विश्वकर्माले १७१ र प्रकाश थापाले १२१ मत प्राप्त गरेको छ । सचिवमा १७७ मतसहित डिल्लीप्रसाद अधिकारी निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरु बलराम पोखरेलले १३९, सुनील श्रेष्ठले १३१ र चूडामणि वाग्लेले ८६ मत प्राप्त गरेको छ । उपसचिव खुल्लामा बलराम यस्माली मगर २१७ मत प्राप्त गरी निर्वाचित भएको छ । यस्मालीका प्रतिस्पर्धीहरु मोहन भण्डारीले १०२, अजयकुमार सिंहले १०१, सन्तोष आचार्यले ७१, लक्ष्मण साह कलवारले १८ र सन्जीव कुमार सिंहले १७ मत प्राप्त गरेको छ । उपसचिव महिलातर्फ पाँच मतको अन्तरले विभा नेपाल निर्वाचित भएकी छन् । नेपाल २६३ मतका साथ महिला उपसचिवमा निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी एकावतीदेवी चौधरीले २५८ मत प्राप्त गरेकी छन् ।
एमाले सर्लाहीको अध्यक्षमा साह निर्वाचित, अन्य पदाधिकारीमा पनि साह प्यानलकै बिजयी
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
15 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
