कमल साह, जनकपुरधाम
जनकपुरधाम, फागुन ७ गते । नेपालका महान प्रजातान्त्रिक योद्धा एवं समाजवाद बिचारक महामानव बिशेश्वर प्रसाद कोईराला (बी.पी.कोईराला) प्रति आज दुई पुस्तक विमोचन भएको छ ।
प्रतिनिधी सभाका पूर्व सांसद वरिष्ट पत्रकार डा. शोभाकर पराजुलिद्वारा लिखित वी.पी.का समाजबाद र वी.पी. विचार संग्रह पुस्तकको आज एक समारोह बीच सार्वजनिक गरिएको छ ।
गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादव प्रमुख आतिथ्य र विष्टि आतिथ्य नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला मेतद्वरा ओकार्पण सो पुस्तकलाई गरियो ।
पुस्तकका टिप्पणीकारहरु प्रेसस्वतन्त्रता सेनानी एवं बरिष्ट पत्रकार राजेश्वर नेपाली, अग्रज पत्रकार चन्द्रकिशोर झा, साहित्यकार डा. सुरेन्द्र लाभ र प्रा.डा. साधना पन्त ले समेत सो पुस्तकको लोकार्पण गर्नुभयो ।
यहाँका रामानन्दचौक स्थित भान्साघरको सभाकक्षमा आयोजित समारोहको नेपालका प्रथम राष्ट्रपति डा.रामवण यादवले विद्या,संस्कृति,सभ्यता तथा दर्शनको ठाउँ जनकपुरधाममा आएर पुस्तक विमोचन भएको सुखद पक्ष हो बिचार राख्नुभयो ।
डा. यादव संसद विघटन गरेर मध्याविधि निर्वाचनमा लानकाको लागि पाईला चाल्ने कार्यमा नेकपा का प्रधान मंत्री केपी शर्मा ओली दोषि हुन भन्नुभयो । उहाँले त्यसमा मामिलामा प्र.मं. जतिकै दोषि राष्ट्रपति विद्या भण्डारी रहेको आरोपा लगाउनुभयो ।
उहाँले नेपाली कांग्रेसका नेतादेखि कार्यकर्तासम्मलाई सम्बोधन गर्दै भन्नुभयो ‘यो हुलमुलमा तपाईहरु सिद्धान्त जोगाउनु होस् ।
सो कार्यक्रमका विशिष्ट अतिथि डा.शेखर कोइराला ले २०७७ पुस ५ गते नेपालको लागि कालो दिन रहेको भन्दै यसमा ओली मात्र होईन प्रचण्ड लगायतका समुह त्यतिकै दोषि रहेको विचार राख्नुभयो ।
उहाँले दुई तिहाई का प्रधान मंत्री ओली भएपछि मुलुकमा महंगी र भ्रष्टाचारमा वृद्धि हुन लाग्दा प्रचण्ड र नेपाल चुप लाग्नु नै त्यस दोषको भागिदारी रहेको तर्क राख्नुभयो ।
उहाँले मधेशले खोजेको पहिचान र पहुँचको लडाईमा हामी पनि सहमति,सहकार्य र एकतामा हिडन चाहेको थप्नुभयो ।
मिथिला नगरी जनकपुरधाममा आयोजित कार्यक्रममा नेपाली काँग्रेस सम्बद्ध विभिन्न केन्द्रिय, क्षेत्रीय, जिलास्तरीय एवं नगर तथा गाउँ पालिका स्तरीय नेता, कर्यकर्ताहरु सम्मलित रहनु भएको थियो । त्यसमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मंत्री रामकृष्ण यादव, प्रदेश २ नेपाली कांग्रेस संसदिय दल का नेता रामसरोज यादव पनि वी.पी.का विचार राख्नुभयो ।
बीपी कोईरालाका सामाजवाद पुस्तक विमोचन
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सहयोग बारे नक्कली क्यूआर प्रचार गर्ने रास्वपाका नेता पक..
रामेछाप । भोटेकोशी बाढी पीडितलाई सहयोगका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा रकम गरेको भन्दै नक्कली बैं..
4 घन्टा पहिले
विद्युत चुहावट हुँदा घरमा आगलागि, भित्रका सामान सबै खरान..
रामेछाप । मन्थली नगरपालिका २ कठजोर खोला किनारमा रहेको एकवहादुर भुजेलको घरमा अहिले साँझ साढे सात बजे तिर आगलागि भ..
3 दिन पहिले
बिश्वकै पुरानो सजिवन (मोरिङ्गा) को रुख रामेछापको भटौलीमा..
रामेछाप । पछिल्लो समय तरकारी सगैं मधुमेह, उच्च रक्तचाप लगाएतको रोगका लागि रामबाण औषधिको रुपमा प्रयोग गर्ने अभिया..
3 दिन पहिले
भोटेकोशी बाढीमा १ सय ५७ जनाको शव भेटियो, रामेछापका १९ जना ..
काठमाडौ । चीनको तिव्वत हुदै भोटेकोशीमा बुधबार विहान आएको विनाशकारी बाढीमा परेर मृत्यू हुनेको संख्या १ सय ५७ पुगे..
4 दिन पहिले
रामेछाप उद्योग वाणिज्य संघद्वारा त्रिशुली बाढीजन्य घटन..
रामेछाप । चीनको तिब्बत बाट बुधबार विहान आएको बाढीले नेपालको त्रिशुली नदी वहाव क्षेत्र र आसपासमा गरेको ठुलो जनधनक..
4 दिन पहिले
संवाददाता
संवाददाता
