मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु
2 वर्ष पहिले प्रकाशित
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, बैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ५ घर भएका पत्रकार यादवको बिहान जनकपुर ढल्केवर सडक खण्डमा आफैले चलाएर जनकपुर आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
मृतक यादव रेडियो धनुषाधामका संचालक तथा इन्यूज ब्यूरोका कार्यकारी सम्पादक थिए ।
.jpg)
बिहान करिब ३–४ बजे जनकपुर तर्फ आउँदै गर्दा मिथिला नगरपालिका ६ स्थित अनियन्त्रित भएर मोटरसाइकल सडक छेउको रेलिंगमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान ५ बजेर ५० मिनेटमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
मोटरसाइकलमा पछाडि सबार पत्रकार यादवका छिमेक ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ ।
मृतक संचारकर्मी यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
