कमल साह
जनकपुरधाम, चैत्र ११ गते । जनकपुरधाम उपमहान पालिका २३ वडा (साबिक बिन्धी गाउँ पालिका) अन्तर्ग लगभग साढे १४ विगहा जमिन अतिक्रमण भएको कागजात जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ ।
जिल्लाका १८ वटै पालिकामा सबै भन्दा अगाडी जनकपुरधाम उपमहानगरापालिका वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साह अतिक्रमित सार्वजनिक सम्पत्तिको लेखा जोखा जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाउनु भएको छ ।
जनकपुरधाम उपमहानगर पालिका वडा नं.२३ अन्तर्गत बेला ,लादो र बिन्धी गरी तीन वटा गाउँ रहेका छन । त्यसमा बेला गाउँ अन्तर्गत रहेको रामजानकी दुलहा भगवान बेला निकास कुटी को जमिन सबैभन्दा बढी अतिक्रमण भएको देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय धनुषा ले जिल्लाभरिमा रहेका सरकारी, ऐलानी, पर्ती, मठमन्दिर लगायतका सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा ल्याएका व्यक्तिमाथि १० दिनभित्र जानकारी गराउन अनुरोध गरेको थियो ।
त्यस सूचना अनुसार जनकपुरधाम उपमहानगरपालिका ले आफ्ना मातहतका सबै वाडा कार्यालयलाई परिपत्र गरेको अनुसार तयार पारिको तथ्याँकामा आधारित रहेको छ ।
जनकपुरधाम उपमहानगर पालिका वडा नं. २३ का वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय धनुषामा पठाएको बोधार्थ पत्रमा उल्लेखित अनुसार साबिक बिन्धि गाउँपालिका अन्तर्गत रहेको बेला,लादो र बिन्धी गाउँमा गरी कूल १४ बिगहा ५ कठ्ठा १९ धुर जमिन अतिक्रमण भएको छ ।
तर,सो पत्रमा उल्लेख भए अनुसार बाँकी केही सार्वजनिक जमिनको तथ्याँक प्रष्ट गर्न बाँकी रहेको ले अगामी दिनमा बुझाईने समेत लेखिएको छ ।
वाडा कार्यलबाट पठाएको पत्र अनुसार गुठी अन्तर्गत १२ बिगहा ८ कठ्ठा १२ धुर जमिन अतिक्रमण भएको छ । साथै वडामा संचालित विद्यालयको करिब १७ कठ्ठा ७ धुर जमिन अतिक्रमण भएको छ ।
बेला गाउँका जमिन जफ्त गरेर बेला कुटी को नाउमा प्रदान गरेको झण्डै १८ बिगहा जमिन मथि सर्बप्रथम बेला गाउँ बासिन्दाहरुको अधिकार आउँछन । तर, त्यहाँका बासिन्दा ले एक इन्चिसम्म जमिन माथि अधिकार जमाएन । बेला गाउँमा भएका सुकुमवासीहरुले समेत बेला कुटी जमिनमाथि कहिल्ये आँखा लगाएनन् ।
बेला गाउँमा सन्तान दस सन्तान बसोबास गर्दै आएको मध्ये सबुरी सदा (मुसहर) ले बताउनु हुन्छ, ‘ हाम्रो पूर्वजको जमिन हडपेर मकवानी राजा मानेक सेन ले रामजानकी दुलहा भगवानमाथि चढाई दिएको थियो । त्यो जग्गामा आज हामी घर बनाउँदा पाप लाग्ने हो ।’
बेला कुटीका अवैध महंथ राम एकवाल दास ‘विषखोडा’ ले बेला कुटीको तैनाथी जमिन बिक्री गर्दा हामीले जमिन खरिद गरेको त्यहाँका बासिन्दाहरु बताउने गरिन्छ ।
बेला कुटी अधिनको तैनाथी जमिन डुबाउनमा गुठी कार्यालय पनि रोल खेलेको भान भई भईरहेको छ । केन्द्रिय गुठी कार्यालय ले तत्कालिन मठाधिश रामएकवाल दास ले गुठीको श्रीसम्पति हिना मिना गरेको भन्दै उहाँको महंथ पदवी समाप्त गर्दै अर्का पुजारी राखेको थियो ।
तर, गुठी कार्यालयका तत्कालिन कार्यालय प्रमुख मनोज शर्माले राम एकवाल दास‘विषखोडा’ लाई संरक्षण दिइरहेको थियो । त्यो बेलमा थुप्रै जमिन हिनामिना भएको गुठी कार्यालयका एकजना कर्मचारी बताउनु हुन्छ ।
जनकपुरधाम उमनपा २३ का वडाध्यक्ष पदमा बेला गाउँका प्रखर युवा तथा पत्रकार राघवेन्द्र साह निर्वाचित भएपछि गुठी कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषा संग बेला कुटीमा भईरहेको अतिक्रमणलाई रोक्नमा सहयोग गर्न भनेको थियो । तर, उनि कहिंबाट सहयोग पाउन सकेको थिएनन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाले फागुन १७ गते जारी गरेको सूचनामा अतिक्रमणमा परेका सरकारी र सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डबाट सरकारी, गुठी संस्थान लगायतका सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएकाहरुलाई खाली गर्न निर्देशन जारी भएको छ । सार्वजनिक जग्गाको दुरुपयोग र बिक्री–वितरण गर्ने, धितो बन्धक राख्ने लगायतको पाइएमा कानुन बमोजिम कारबाही गरिने जारी सूचनामा उल्लेख छ ।
बेला लादो बिन्धीमा लगभग साढेचौध बिगहा सर्वाजनिक सम्पति अतिक्रमण भएको जिल्ला प्रशासन कार्याल धनुषामा कागजात बुझाईयो
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
15 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
