टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० ः याज्ञवल्क्य संस्कृत कॉलेजलाई पराजित गर्दै धनुषा साईन्स कॉलेज सेमिफाइनलमा प्रवेश
2 वर्ष पहिले प्रकाशित
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, चैत्र २ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा याज्ञवल्क्य संस्कृत कॉलेज ज्ञानकूपलाई पराजित गर्दै धनुषा साईन्स कॉलेज सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबारको खेल धनुषा साईन्स कॉलेज र याज्ञवल्क्य संस्कृत कॉलेज ज्ञानकूप बीच भएको थियो जसमा याज्ञवल्क्य संस्कृत कॉलेजले टस जितेर पहिला ब्याटिङको गरेको थियो । ब्याटिङ सुरु गरेको याज्ञवल्क्य संस्कृत कॉलेजका खेलाडीहरु १६.५ ओभरमा ऑलआउट हुँदै ७२ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ७३ रनको झिनो लक्ष्य दिएको थियो । याज्ञवल्क्य संस्कृत कॉलेजको टिमका लागि धिरजले १२ रनको योगदान दिएको थियो ।

धनुषा साईन्स कॉलेजको तर्फबाट लागि बलिङ गरेका अजयले ४ विकेट लिन सफल भएको थियो । खेलमा जवाफि ब्याटिङका लागि आएका धनुषा साईन्स कॉलेजका ब्याट्सम्यानहरुले ८.२ ओभरमा २ विकेटको क्षतिमा सजिलै ७३ रन बनाउन सफल भयो र उक्त धनुषा साईन्स कॉलेजले ८ विकेटले जित्न सफल भयो। आजको खेल जित्दै धनुषा साईन्स कॉलेज सेमिफाइनलमा प्रवेश गरेको छ। धनुषा साईन्स कॉलेजका खेलाडीहरु मध्ये पप्पुले २९ रन र अमनले १५ रनको योगदान दिएका थिए । याज्ञवल्क्य संस्कृत कॉलेजको टिमका लागि बलिङ गरेका रोशनले १ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच धनुषा साईन्स कॉलेजको खेलाडी अजय यादव भएको थियो। यस खेलको म्यान अफ द म्याचको उपाधी जसपा नेपालका नगर अध्यक्ष बिशुनदेव साह र नेपाली कांग्रेसका नगर सचीव तथा राजदेवी युवा कमिटीका अध्यक्ष शुभाष पाठक द्वारा प्रदान गरिएको थियो ।
आज सम्म भएको लिग खेल बाट राराब कॉलेज,मोनास्टिक कॉलेज,बि.पि. मेमोरियल कॉलेज र धनुषा साईन्स कॉलेज सेमिफाइनलमा प्रवेश गरेको छ। अब आइतबार पहिलो समिफाइनल राराब कॉलेज भर्सेज धनुषा साइन्स कॉलेज र दोस्रो सेमिफाइनल मोनास्टिक भर्सेज बि.पी. मेमोरियल कॉलेजको खेल हुनेछ ।
प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
