नेपालमा करीब अढाई लाख मगहीभाषी रहेको दावी मैलेपनि जनगणनामा मगहीमै टिक लगाए ः पूर्व मन्त्री यादव
2 वर्ष पहिले प्रकाशित
कैलास दास, जनकपुरधाम
जनकपुरधाम, २७ माघ । राष्ट्रिय जनगणना अनुसार नेपालमा दुई लाख ३० हजार मगही भाषाभाषी रहेको बताइएको छ ।
उपेन्द्र दासद्वारा मगही भाषामा लिखित ‘मगही इजोत’ गजल संग्रहको विमोचन कार्यक्रममा मगही फाउण्डेशनका संयोजक भुवनेश्वर महतोले २०७८ सालमा भएको जनगणना अनुसार दुई लाख ३० हजार व्यक्तिले आफुनो भाषा मगही रहेको जनगणनामा लेखाएको बताएका छन् । उहाँले हामीहरु बोल्दै आएको भाषा मगही हो, तर केही समुदायहरुले यसलाई पनि मैथिली बुझ्दै आएको दुःखद र चिन्ताको विषय रहेको बताएका छन् ।
अन्य भाषा जस्तै मगही भाषालाई सरकारले प्राथमिकतामा नराखेमा आफूहरु संघर्षको बाटो रोज्ने चेतावनी समेत दिएका छन् । उहाँले मगही भाषा र संस्कृतिलाई उजागर गर्न हामीहरु सरकारसँग बजेट माँग्छौ, दिएन भने संघर्षमा उत्रिन्छौं संयोजक महतोले भने । कतिपय व्यक्तिहरु आफ्नो भाषा के हो बुझि रहेको थिएन । तर अधिकांश व्यक्तिहरु अब हाम्रो भाषा भनेको महगी रहेको बुझ्न थालेको उहाँले जिकिर गरे ।

राष्ट्रिय दलित तत्मा समाज नेपालका अध्यक्ष रामअशिष दासको अध्यक्षतामा भएको विमोचन कार्यक्रमका प्रमुख अतिथि पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले राष्ट्रिय जनगणनामा आफू पनि भाषा रोज्दा मगही नै रोजेको बताएका छन् । उहाँले हाम्रो भाषा मगही हो भन्न संकोच गर्नु हुँदैन । मैथिली भाषाभन्दा निकै फरक मगही रहेकोले यस अभिमान लागेको अभियानीहरु खुलेर यसको संरक्षण सम्बद्र्धनमा जुटन सबैमा आग्रह समेत गरेका छन् ।
पूर्वमन्त्री यादवले भीमराव अम्बेडकरले शिक्षित बनौं, संगठित होऔं र संघर्ष गरौं दिएको यी मन्त्रले मात्र हाम्रो भाषा र संस्कृतिलाई जोगाउन सकिने जिकिर समेत गरेका छन् ।
कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दास, मगही अभियानी भरत महतो, विनोद महतो, रघुनाथ दास, परमेश्वर कापड सहितका व्यक्तिहरुले पुस्तकमाथि चर्चा गरेका छन् ।
एकसय ७ पुष्टका मगही इजोत पुस्तकमा एकसय ४ वटा गजलहरु समावेश गरिएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
