औरही नगरपालिकामा ३० दलित परिवारकालागि का लागि शिलान्यास कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,माघ २६ गते । औरही नगरपालिका– २ चेपकट गाउँका बिपन्न दलित परिवारका लागि ३० वटा घर निर्माण हुने भएको छ । उनिहरु अब टहराबाट पक्की घरमा प्रवेश गर्नेछन ।
औरहीका नगरप्रमुख प्रदिप कुमार खड्काले सोमबार एक समारोह बिच शिलान्यास कार्यक्रम गर्नुभयो ।
मेयर खडकाले दलित घरपरिवारको लागि दलित आवास शिलान्यास कार्यक्रममा भन्नुभयो, ‘विपन्नहरुलाई राम्रो वासस्थान नभएर दुःख भोग्नु परेको हुँदा आवास निर्माण गरिने कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले हाल नगरपालिकाले दलित आवास कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेर आवस निर्माणको कार्य शुरूवात गरिएको बताउनुभयो । उहाँले अगाडी थप्नुभयो,अरु बाँकी रहेको लक्षित परिवारका लागि पनि नगरपालिकाले सहयोग गर्नेछ ।
नगर प्रमुख खड्काले जनताको जीवनस्तर उकास्नको लागि अगामी दिनहरुमा पनि यस प्रकारका कार्यहरु गर्ने बताउनु भयो ।
शिलान्यास कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कार्ण ले आ.ब २०८०÷२०८१ को बजेटमा बिपन्न दलित परिवारका अवासको लागि २ करोडको लगातमा ३० वटा घर निर्माण हुने बताउनु भयो ।
औरही नगरपालिका २ का वडा अध्यक्ष दरेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा औरही नगरपालिकाका ईन्जिनियर सन्तोष यादव लगायतकाले मन्तव्य राख्नु भयो ।
घर निर्माण शिलान्यस कार्यक्रममा औरही नगरपालिकाका वडा नं. २ चेपकटका सदस्यहरुले नगरपालिकाले गरिव जनताको आवास निर्माणमा सहयोग गर्न आएकोमा धन्यवाद दिएका छन् । सो कार्यक्रममा स्थानीय राजनीतिकर्मी तथा नागरिकहरुको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
