कमल साह
जनकपुरधाम,माघ २६ गते । औरही नगरपालिका– २ चेपकट गाउँका बिपन्न दलित परिवारका लागि ३० वटा घर निर्माण हुने भएको छ । उनिहरु अब टहराबाट पक्की घरमा प्रवेश गर्नेछन ।
औरहीका नगरप्रमुख प्रदिप कुमार खड्काले सोमबार एक समारोह बिच शिलान्यास कार्यक्रम गर्नुभयो ।
मेयर खडकाले दलित घरपरिवारको लागि दलित आवास शिलान्यास कार्यक्रममा भन्नुभयो, ‘विपन्नहरुलाई राम्रो वासस्थान नभएर दुःख भोग्नु परेको हुँदा आवास निर्माण गरिने कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले हाल नगरपालिकाले दलित आवास कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेर आवस निर्माणको कार्य शुरूवात गरिएको बताउनुभयो । उहाँले अगाडी थप्नुभयो,अरु बाँकी रहेको लक्षित परिवारका लागि पनि नगरपालिकाले सहयोग गर्नेछ ।
नगर प्रमुख खड्काले जनताको जीवनस्तर उकास्नको लागि अगामी दिनहरुमा पनि यस प्रकारका कार्यहरु गर्ने बताउनु भयो ।
शिलान्यास कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कार्ण ले आ.ब २०८०÷२०८१ को बजेटमा बिपन्न दलित परिवारका अवासको लागि २ करोडको लगातमा ३० वटा घर निर्माण हुने बताउनु भयो ।
औरही नगरपालिका २ का वडा अध्यक्ष दरेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा औरही नगरपालिकाका ईन्जिनियर सन्तोष यादव लगायतकाले मन्तव्य राख्नु भयो ।
घर निर्माण शिलान्यस कार्यक्रममा औरही नगरपालिकाका वडा नं. २ चेपकटका सदस्यहरुले नगरपालिकाले गरिव जनताको आवास निर्माणमा सहयोग गर्न आएकोमा धन्यवाद दिएका छन् । सो कार्यक्रममा स्थानीय राजनीतिकर्मी तथा नागरिकहरुको सहभागीता रहेको थियो ।
औरही नगरपालिकामा ३० दलित परिवारकालागि का लागि शिलान्यास कार्यक्रम सम्पन्न
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
15 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
