+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

आमसञ्चार प्राधिकरणको बजेट कटौति गरिएको मा मधेश सरकारको आलोचना

2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,माघ २४ गते । आमसञ्चार प्राधिकरणको बजेट कटौति मधेश सरकार गरिदिएको विरोधमा सर्वत्र आलोचना हुन थालेका छन ।
नेपाल प्रकाशक महासंघ जनकपुरधाम को प्रथम साधारण सभा उद्घाटन सत्रमा मधेश सरकारबाट स्थापित आमसंचार प्राधिकरणको बजेट कटौति गरेर मधेशका पत्रपत्रिकाको विकास रोक्ने योजना बनाएको वक्ताहरुले भन्दै सरकारको व्यापक आलोचना गरियो ।
प्रकाशक महासंघको साधारण सभामा आमसंचार प्रधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले यस आर्थिक वर्षमा प्राधिकारणका लागि २५ लाख मात्र रुपियाँ बिनियोजन भएको बताउँदै सो रकम हालसम्म निकासा हुन नसकेको जानकारी गराउनु भयो ।
उहाँले यो भन्दा अघिका वर्षहरुमा मधेश सरकारले डेढ करोडको वार्षिक बजेट प्रदान गर्दै आएकोलाई कटौति गरेर २५ लाखमा झारिएको दुःख कुरा हो थप्नुभयो ।
संचार प्राधिकरणले कर्मचारीको कमिलाई झेल्दै आएको दुःखद कुरा बताउँदै सकेसम्म मधेशका मिडीयालाई सवल र सक्षम बनाउन गर्दै अएको प्रयासमा पानी हाल्ने काम बजेट कट्टाले भएको स्पष्ट रुपमा बताउनु भयो ।
यहाँका ऐतिहासिक सरोवर चुँचवती सरोवर (नोचा पोखरी) मा आयोजित साधारण सभामा वक्ताहरुले नेपालको गणतान्त्रिक संविधानमा संघीयता लेखाउने को श्रेय मधेशी दलहरुको जान्छ भेन त्यस संघीयताको आन्दोलनलाई जनजन समक्ष पु¥याउने कार्य यहाँका स्थानीय मिडीयाहरुले गरेको हो । यो कुरा मधेश सरकारले किन विर्सि रहेको हो मिडीयाकर्मीहरुले उत्तेजित हुँदै बिचार राख्नुभयो ।
सो समारोहमा मिडीया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, वरिष्ठ पत्रकार विष्णुमणि खनाल, प्रेस स्वतन्त्रता सेनानी द्वय अशोक रौनियार, रामभरत साह, नेपाल पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झा, प्रेस सेन्टर नेपालका अध्यक्ष किरण कर्ण,समावादी प्रेस संगठनका अध्यक्ष अकुर साह, प्रेस युनियनका अध्यक्ष राजन सिंह लगायतले शुभकामना मन्तव्य राख्नु भयो ।
प्रकाशक महासंघका अध्यक्ष शंकर साह को अध्यक्षतामा आयोजित उद्घाटन समारोहको उद्घोषण महासचिव उपेन्द्र भगत नागवंशी ले गर्नुभयो भने १० महिनाको आय व्यय कोषाध्यक्ष धर्मराज मण्डलले प्रस्तुत गर्नुभयो ।
सो साधारण सभामा नेपाल प्रकाशक महासंघको स्थापना दिवस अवसरमा ‘वरिष्ठ पत्रकार कर्मवीर राजेश्वर नेपाली पुस्कार’ एकजना पत्रकारलाई सम्मानित गर्ने घोषणा गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले