कमल साह
जनकपुरधाम , माघ १४ गते । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार केन्द्रिय प्रतिनिधिको रूपमा नेपाली कांग्रेस केन्द्रिय सदस्य राजिव ढुंगानालाई जिम्मेवारी दिएको छ ।
के.स.राजिव ढुंगाना को उपस्थितिमा बसेको जिल्ला कार्यसमिति बैठकले जिल्लाका सबै वडाहरुमा प्रतिनिधि खटाउने र यहि १६ गते सहिद दिवसको दिन देखि जिल्लाका १६९ वटै वडामा एक साथ वडा स्तरीय समुदायमा कांग्रेस अभियान समुदायमा जाऔं, जनताका कुरा सुनौं अभियान कार्यक्रम संचालन गर्ने निर्णय भएको छ ।
सो बैठक जिल्ला सभापति योगेन्द्र पजियारको अध्यक्षतामा भएको जिल्ला कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराउनु भयो । उक्त बैठक धनुषा , जनकपुर स्थित पार्टी कार्यालयमा बैठकमा बसेको थियो ।