मन्त्री श्रेष्ठले गरे पुलको शिलान्यस
2 वर्ष पहिले प्रकाशित
सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ ९ गते । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताका अभिलाषा र लक्ष्य भनेकै विकाश सम्वृद्धि रहेको बताएका छन् ।
लालबन्दी नगरपालिका अन्तर्गत वडानम्बर ११ हिरापुर र वडानम्बर १२ जियाजोर डाप्कालीटोल जोड्ने लखन्देही खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै बिकास निर्माणको काममा सबैले सहयोग गरे नेपाली जनताले चाहेको बिकास र सम्बृद्धि चाँडै पुरा हुने बताएका हुन् ।
उनले पुल निर्माणको काम हामी सबैको कार्यभार रहेकोले यस क्षेत्रका जनताले सहयोग गर्नु पर्ने बताए । हरेक विकास निर्माणको काममा जनताको खवरदारी सहित सहयोग गर्न समेत अपिल गरेका छन् ।
अर्को प्रसंगमा उनले ३० लाख नेपाली यूवा अध्यक्ष कामदारको रुपमा विदेशी भुमीमा पसिना बगाइरहेका छन् । आमा बुवा छोराछोरी आफन्त संगै बस्ने वातावरण बनाउन सरकारले निति ल्याउने तयारी गरिरहेको समेत बताए ।
साढे तीन बर्षमा निर्माण सम्पन्न गर्ने गरी चार ४ सय ८५ मिटर लम्बाइ रहेको उक्त पुल ७७ करोड अठतर लाखको लागतमा निर्माण हुन लागको लालबन्दी नगरपालिकाले जनाएको छ ।
पुल निर्माण भएपछि बर्षेनी बाढीका कारण खोला आरपार गर्न नसकी धेरै सर्वसाधारणले ज्यान गुमाउनु परेको लालबन्दी १२ का वडाध्यक्ष दुर्गाबहादुर आलेले बताएका छन् ।
.jpg)
पुल बने पछि आउजाउ गर्न सहजहुने बताए । कार्यक्रममा खानेपानी मन्त्री महेन्द्र रायको समेत उपस्थिती रहेको थियो । मन्त्री श्रेष्ठले सर्लाही सदरमुकामा निर्माण भएको सर्लाही कारागारको उद्घाटन र हरिवनमा सञ्चालन भएर्को दोस्रो डेरी कृषि अनुसन्धान उत्पादन तथा कृषि औजार प्रदर्शनी’ मेलाको समेत अवलोकन गरेका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
