कमल साह
जनकपुरधाम,माघ ८ गते । पश्चिमा चिसो हावा आएको शितलहरले मधेश तराईवासीको जनजीवन कष्टकर मन्दै गएको छ ।
शितलहरको कारण बिहान र बेलुका अत्यधिक जाडो हुने गदर्छ । चिसोबाट जोगिन आगो ताप्न सबैको बुताको कुरा रहेको छैन । दिनभरिको बनिबुता गरेर बिहान बेलुका छाक टार्नेहरूका लागि यो जाडो जीवनको अप्ठ्यारो पहाड झैँ बनेको छ । किनकि उनीहरूले न त दाउरा नै पाउँछन् । नत खरिद गर्न पाईरहेका छन ।
शितलहर र बाक्लो हुस्सुका कारण ज्याला मजदुरीका लागि घरबाहिर जानुपर्नेलाई झनै सताउने गरेको छ । शितलहरसँगै बढेको चिसोले खास गरी गरिब, विपन्न, असहाय, बालबालिका र वृद्धवृद्धालाई बढी समस्या हुने गरेको छ । स्वस्थ्य र सामान्य व्यक्तिलाई पनि मधेस तराईको शितलहर र चिसोले प्रभावित बनाएको छ ।
शितलहरबाट बाँच्नको लागि बृद्धबृद्धालाई न्यानो कपडा तथा पौष्टिक खानेकुरा आवश्यक पर्छ । तर पौष्टिक खानाको अभावमा उनीहरूलाई झनै समस्या भएको छ ।
चिसोबाट जोगिन आगो ताप्नुपर्दा ध्यान पु¥याउनु पर्ने आवश्यकता हुन्छ । किनकि धुवाँले स्वास्थ्यमा पनि असर गर्ने डाक्टरहरू बताउँछन् । सरकारले ठाउँ ठाउँमा आगो बाल्न दाउरा उपलब्ध गराइदिनुपर्ने आवश्यकता रहेको छ ।
चिसोबाट प्रभावित नागरिकलाई राहत प्रदान गर्नुपर्ने विपन्न समुदायका नागरिकको गुनासो छ ।
मुलुकमा तीन तहको सरकार बनेको छ । विपद्मा परेकालाई सबैभन्दा पहिले नजिकको स्थानीय सरकारले चासो लिनुपर्ने हो । स्थानीय सरकार गठन भएपछि कमजोर आर्थिक अवस्था भएका नागरिकलाई स्थानीय सरकारले केही सहयोग नगरेको बरु धनीले नै सुविधा लिने गरेको नागरिकको गुनासो स्थानीय स्तरमा उठदै आएको छ ।
शितलहर मधेसको बर्सौँदेखिको समस्या भए पनि यसबाट जोगिने उपाय खोज्न स्थानीय सरकारले वडास्तरबाट नै योजनामा ल्याउनु पर्ने आवश्यकता रहेको भनिन्छ ।
विपद् व्यवस्थापनका लागि स्थानीय तहको सरकारले विपद् व्यवस्थापन समिति गठन गर्ने व्यवस्था रहेको छ । तर, शितलहर सुरु भएपछि कुनै कुनै पालिकाले घुर बाल्नका लागि दाउरा दिने, एक दुई दर्जन कम्बल बाँड्ने र विद्यालय विदा गर्ने परम्परा मात्रै कायम रहेको एक सचेत नागरिक बताउँछन ।
शितलहरले मधेशको जनजीवन कस्टकर बन्दै
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
16 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
