कमल साह
जनकपुरधाम,माघ ७ गते । मधेश सरकारद्वारा आयोजित ‘मधेश स्वाभिमान दिवस कार्यक्रममै जनमत पार्टीका नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् ।
मधेश सरकारले यहांका महेन्द्र नारायण निधी मिथिला संस्कृति भवन सभाकक्षमा आयोजित कार्यक्रममा जनमत पार्टीका नेता कार्यकर्ताहरुले भ्रष्टाचार काण्डहरुको छानविन गर भन्दै विरोध प्रदर्शन गरेका छन् ।
२०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले प्रदेश सरकार स्वाभिमान दिवस मनाउन थालेको थियो ।
जनमत पार्टीका नेता कार्यकर्ताले मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल खरिद, मुख्यमन्त्री स्वच्छता अभियान, जानकी मन्दिरको सौन्दर्यीकरण लगायतका भ्रष्टाचार काण्डहरुको छानविन हुनुपर्ने माग गरेका छन् । विरोध प्रदर्शनकारीहरु प्रदेश सरकार मुर्दाबाद, भ्रष्ट मुख्यमन्त्री मुर्दाबाद लगायतका नारा लगाएका छन् ।
मुख्यमन्त्री सरोज यादवले सम्बोधन गर्दै भन्नुभयो,‘जनमत पार्टीले सरकार भ्रष्टाचार गरिरहेको आरोप लगाइरहेको छ । यदि त्यस्तो हो भने किन जनमत सरकारमा छ । सरकार छाडे भयो नी ।’
उहाँले मधेश प्रदेश सरकारले विगतदेखि गर्दै आएको कामको सही मूल्यांकन हुनु जरुरी रहेको बताउनु भयो । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम स्थापना गर्नकालागि आफ्नो भूमिकाको सवैले प्रशंसा गर्नुभएको बताउँदै उहाँले आफु मुख्यमन्त्री भएको एक बर्षमा कुन कुन कमीकमजोरी भएको हो त्यसलाई औल्यादिए आफूले करेक्सन गर्न पाउने बताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णकुमार यादवले मधेश प्रदेशमा भौतिक संरचनामा व्यापक फड्को मारेको बिचार व्यक्त गर्नुभयो । उहाँले विगतका सरकारले एक संसदीय क्षेत्रमा ३५ किलोमिटर पक्की सडक बनाउने योजनाका लागि बजेट विनियोजन गरेको बताउँदै त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याउन लागेको बताउनु भयो ।
गृह तथा सञ्चार मन्त्रालयबाट आयोजित स्वभिमान समारोहमा मन्त्री मोहम्मद समिमले मधेश प्रदेश सरकार गठन भएको एक बर्षमै जनताले गरेको विश्वासलाई हामी पूरा गर्न तर्फ अग्रसर भएको बताउनु भयो ।
मधेश स्वाभिमान कार्यक्रममै विरोध प्रदर्शन
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
16 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
