पोखरियाका भ्रष्ट अधिकृत श्रीवास्तवको कमिशन आतंक, पत्रकारहरुको चापलुसीसमा ५ लाख खर्चेको खुलासा
1 वर्ष पहिले प्रकाशित

रंजित चौरसिया,
वीरगंज २८ पौष । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवको कालाकर्तुतहरुको बारेमा विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भए पछि उनी अतालिएर २३ गते सोमबारका दिन केही सिमित पत्रकारहरुलाई कार्यालयमै बोलाएर पत्रकार सम्मेलनको आयोजना गरी आफु भ्रष्टाचार नगरेको दाबी गरेका थिए ।
भ्रष्ट अधिकृत श्रीवास्तवको कालाकर्तुतहरु बाहिर छताछुल्ल भए पछि उनी पर्सा र बाराका केही पत्रकारहरुलाई नगद र पेट्रोल गरेर करिब ५ लाख खर्चेको स्रोतले जनाएको छ । ७ लिटरका दरले दर्जनौं पत्रकारहरुलाई पेट्रोलको कुपन र घटीमा १० हजार र बढीमा २५ हजारसम्म नगदै रुपैया दिई अधिकृत श्रीवास्तवले आफ्नो पक्षमा समाचार लेख्न अनुनयविनय गर्दै आएको ती स्रोतको भनाई रहेको छ ।
समाचार बाहिरिएपछि सच्चिएर कार्य गर्नुपर्ने ठाउँमा अधिकृत श्रीवास्तवले पोखरिया नगरपालिकालाई आफ्नो पुख्र्यौली सम्पत्ति बनाई पत्रकारहरुमा मात्र लाखौं लाख खर्चेको कुरा मेयर प्रद्युम्न प्रसाद चौहान, उप–मेयर रुबी ठाकुर लगायत वडाध्यक्षहरुलाई थाहै नदिई गोप्य रुपले सो रकम खर्चेको स्रोतको कथन रहेको छ ।
पोखरिया नगरपालिकालाई घिनाउने कार्यमा तल्लिन देखिएका अधिकृत श्रीवास्तवको कार्यशैली देखि जनप्रतिनिधि तथा कर्मचारीहरु सन्तुष्ट नरहेको स्रोतले जनाएको छ । जिन्सीका सामानैहरु खरिद नगरी जिन्सी प्रमुख मनोज साहको मिलोमतोमा लाखौं लाखको भुक्तानी गरेका अधिकृत श्रीवास्तव कुनै पनि कार्यको कार्यदेशा दिनुअघि नै कमिशन असुल्ने गर्ने गरेको भुक्तभोगीहरु बताउंदछन् । कतिपयले काम सम्पन्न भएपछि पर्सनल कमिशन (पिसी) दिन्छु भनि आग्रह गर्दा समेत अधिकृत श्रीवास्तवले कमसेकम २० हजार दिनै पर्छ अरु पछि हिसाब गरौंला भनेर २० हजार नलिईकन कार्यदेशा दिने नगरेको ती भुक्तभोगीहरुको भनाई रहेको छ ।
“एनि हाउ पैसा कमाउ” अभियानमा लागेका अधिकृत श्रीवास्तव हेल्थ ईन्सपेक्सन ७ औं तहको कर्मचारी भए पनि सो तहको दरबन्दी पोखरिया नगरपालिकामा नरहेपनि उनी स्वास्थ्य मन्त्रालयको अधिकारीहरुलाई प्रभावमा पारी काजमा खटिदै आएको बताईन्छ । उनको दरबन्दी तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिकामा रहेको स्रोतले जनाएको छ । कार्यालयको कर्मचारी देखि लिएर भुजापकौडीको नास्ता पसलसम्म कमिशन असुल्नमा माहिर मानिएका अधिकृत श्रीवास्तव २०८० असोज १८ गते देखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालदै कार्यालयको हरेक भुक्तानीमा कमिशनको मामिलामा आतंक नै मच्चाएको कर्मचारी स्रोतको भनाई रहेको छ ।
रक्सीलाई दुध सम्झेर खाने बानी बसाएका अधिकृत श्रीवास्तव कार्यालयबाट निस्कनसाथ ड्राईपोर्ट, चण्डालचौक वा बाईपासको एक÷दुई वटा होटलमा जिन्सी प्रमुख मनोज साह सँग समन्वय गरी दैनिक चेस गर्दै आनन्दका जिवनयापन गर्नमा मस्त रहने गरेको बताईन्छ ।
अधिकृत श्रीवास्तव असोज १८ गते प्रमुखको जिम्मेवारी लिनु भन्दा करिब ४ महिना अगाडि प्रमुख बन्नको लागि करिब २० लाख सम्म खर्च गर्दा समेत तत्कालिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उनलाई नबनाई प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटालाई पठाएको स्रोतले जनाएको छ ।
तत्कालिन अधिकृत सापकोटा भदौ ५ गते सरुवा भई गईसकेपछि अधिकृत श्रीवास्तव पुनः प्रमुख बन्नको लागि काठमाडौंमा दौडधुप गरी मन्त्री अनिता साहलाई रिझाई बढीमा २ महिनाको लागि निमित्तको जिम्मेवारी पाएका थिए ।
अधिकृत श्रीवास्तवको २ महिना बितेपछि पुनः उनले २ महिनाको लागि करिब ५ लाख रुपैया खर्चेर निमित्तको जिम्मेवारी लिन सफल भएको स्रोतले जनाएको छ । भ्रष्टाचार नगर्ने अधिकृत श्रीवास्तव प्रमुख बन्नको निमित्त पटक–पटक खर्चेको रकम कहाँबाट र कसरी निकाल्ने हुन ? पोखरिया नगरवासीको लागि चासोको विषय बनेको छ ।
बाराको पचरौता नगरपालिका निवासी अधिकृत श्रीवास्तवले शुक्लागण्डकी नगरपालिकामा कार्यरत्त रहंदा करोडौं करोड भ्रष्टाचार गरी पोखरामा आलिशान महल ठड्याएका छन् भने वीरगंजको मुर्लीमा आलिशान महल रहेको स्रोतको भनाई रहेको छ ।
भ्रष्टाचार सन्दर्भमा सुक्ष्म अनुभव बटुलेका अधिकृत श्रीवास्तव मेयर प्रद्युमन चौहान, उपमेयर रुबी ठाकुर लगायतका जनप्रतिनिधिहरुलाई गुमराहमा राखी नगरपालिकालाई बदनाम गराउदै आफ्नो दुनो सोझयाउने कार्यमा लागिपरेकोले समयमै सचेत नहुँदा आगामी दिनमा पोखरिया नगरपालिका अझै बदनाम हुदै जाने ईमान्दार कर्मचारीहरुको भनाई रहेको छ ।
करोडौं करोड दम्पच गरी पोखरा र वीरगंजमा आलिशान महल ठड्याउन सफल भएका अधिकृत श्रीवास्तव माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।
कमेन्ट गर्नुहोस्
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
20 घन्टा पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
1 दिन पहिले
खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना
टीकाप्रसाद भट्ट रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामे..
2 दिन पहिले
चुथ्राे अलपत्र किसानले पैसा पाएनन
टीकाप्रसाद भट्ट रामेछाप । दाउरा बाल्न बाहेक अरुमा काम नलाग्ने जङ्गली चुथ्रो व्यवसायीले नलैजदा रामेछापको उत्तरी..
2 दिन पहिले
आलु खेतिमा डडुवा रोग फैलदै, कृषिमा जानकारी छैन्, परियोजन..
टीकाप्रसाद भट्ट रामेछाप – प्रितीको मैदानेका आलुका बोट दिनदिनै बटारिदै छन् । पात कोप्रिदै गएका र कालो चिर्काहरु..
3 दिन पहिले